दुवई- युएईमा एक भारतीयलाई कुटेर मारेको अभियोगमा १० बर्ष कैद सजाय तोेकिएका एक नेपालीको कैद सजाय कमगर्ने प्रयास असफल भएको छ । उनको कैद सजाय कम गर्न अदालतमा गरिएको अपिल दुवई पुनरावेदन अदालतले अस्वीकार गरेको गल्फ न्यूजले समाचार लेखेको छ ।
सजाय तोकिएका नेपालीको छोटकरी नाम एल टी उल्लेख गरिएको छ । रोजगारी नभएका ति नेपालीले एक भारतीयलाई रक्सीको बोतलले कुटेर बालुवामा मुख जोतिदिएपछि उनको मृत्यु भएको थियो । दुवई पुनरावेदन अदालतमा सजाय घटाइदिन माग गर्दै गरिएको पुनरावेदन अदालतले अस्वीकार गरेको हो । यसले उनलाई यसअघि तोकिएको १० बर्ष कैद सजाय नै हुने भएको छ । अदालतका न्यायाधिश ईशा अल अरिफले सजाय भुक्तान गरेपछि उनलाई नेपाल फर्काउने अदेश दिएका छन ।
ति भारतीयले मनपरी गाली गरेपछि नेपालीले ति भारतीय नागरिकलाई कुटपीट गरेको अदालतले ठहर गरेको छ । उनको कुटपीटकै कारण ति व्यक्तिको ज्यान गएको भन्द सजाय तोकिएको हो । घटना सन् २०१४ को सेप्टेम्वरमा भएको थियो । अदालतमा ति नेपालीले आफूहरुले रक्सी खाएको अवस्थामा झगडा सुरु भएको स्वीकारेका थिए । उनले रक्सी खाएको अवस्थामा आफूबाट के भएको थियो भन्ने आफूलाई कुनै स्मरण नभएको बताएको समाचारमा जनाइएको छ । उनले आफूले ति भारतीय नागरिकलाई मार्र्ने कुनै उद्धेश्य नराखेका बताएका छन् ।
प्रहरीले पक्राउ गरेपछि ति नेपालीले आफूहरु १५ बर्षदेखि एकापसमा परिचित रहेको र प्रायशः सँगै मदिरा सेवन गर्ने गएको बताएका थिए ।