
सुदिप निउरे, क्वालालम्पुर
मलेसिया सरकारले बिदेशी कामदारबाट उठाउंदै आएको लेबी शुल्क बृद्धि गरेको छ । यस्को मार यहां काम गर्ने नेपाली सहित ८ मुलुकका लाखौ कामदारलाई पर्ने छ । मलेसियाले लेबिलाई २ प्रकारले बर्गिकरण गरेको छ । लेबी सम्बन्धि प्राबधान मलेसियन नागरिकको हकमा भने लागु नहुने उपप्रधानमन्त्रि दातुक श्री अहमद जाहीद हामिदीले बताए ।
नेपाली कामदारको हकमा विनिर्माण, निर्माण र सेवा अन्र्तगत अब हरेक बर्ष प्रतिब्यक्ति २५ सय आरएम लेबि सहित अन्य केहि अतिरिक्त शुल्क गरि २७ सय ५ आरएम तय भएको छ ।
यसै गरि कृषि र बृक्षारोपण अन्र्तगतका नेपाली कामदारले बार्षिक १५ सय आरएम लेबी र अन्य अतिरिक्त शुल्क सहित १७ सय ५ आरएम तिर्नु पर्ने छ । होस्टेलको लागी कम्पनिहरुले यस अघि जस्तै अलग्गै शुल्क असुल्ने छन । होस्टल शुल्क ५० आरएम भनेर सरकारले नै तोकिदिएको छ । कतिपय कम्पनिले बिजुली पानिको शुल्क नलिए पनि अधिकांश कम्पनिले त्यसको पनि छुट्टै शुल्क असुल्ने गर्दछन् ।
बृद्धि भएको लेबि यस अघि तिर्दै आएको लेबिसंग तुलना गर्दा दोब्बर भन्दा पनि बढी हुन आउछ । शुल्क फेब्रुवरी १ अर्थात आजैदेखि लागु गरिएको यहाका
बृद्धि गरिएको लेबि शुल्कबाट राज्यलाई बार्सिक २ दशमल ५ अरब डलर मुनाफा हुने उपप्रधानमन्त्रि हामिदीले बताए । मलेसियामा २१ लाख ३५ हजार बैधानिक कामदार रहेको यहांको सरकारी संचार माध्यम बर्नामाले खबर छापेको छ ।