साउदीमा अव पासपोर्ट आवेदन अनलाइनबाट, रियाद नै पुग्नुपर्ने

  

साउदी अरब- रियादस्थित नेपाली राजदूतावासले आइतबारबाट अनलाइन सेवा सुरु गरेको छ। अनलाइन सेवा सुरु भएसँगै साउदीमा रहेका नेपालीले एमआरपी बनाउन अब राजधानी रियाद नै पुग्नुपर्ने भएको छ। 

काठमाडौंस्थित राहदानी विभागले यसअघि नै अनलाइन सेवा प्रारम्भ गरेको भए पनि साउदीमा भने आइतबारबाट मात्रै सुरु गरिएको हो। साउदीसरकारले अनलाइन सेवा सञ्चालनका लागि ल्याइएका उपकरण भित्रियाउन अनुमति नदिएकाले ढिलाइ भएको कार्यवाहक राजदूत आनन्द शर्माले बताए। शर्माका अनुसार नेपाल सरकारको परराष्ट्र मन्त्रालयको राहदानी विभागले गत डिसेम्बर १६–१८ सम्म तीन दिन कतारमा अनलाइन राहदानी सेवा तालिम आयोजना गरेर दूतावासका कर्मचारीहरुलाई प्रशिक्षण दिएको थियो। विभागले उक्त तालिममा सहभागी कर्मचारीमार्फत नै अनलाइन सेवाका लागि उपकरण पठाएको थियो।

अनलाइन सेवा लिन सेवाग्राहीले रियाद नै पुगेर डिजिटल सही छाप र फोटो खिच्नुपर्छ। राहदानीको आवेदन फारम अनलाइनमार्फत तुरुन्तै विभागमा पुग्ने भएकाले विगतको भन्दा छिटो राहदानी छापिएर आउने दूतावासले जनाएको छ।

अनलाइन सेवासँगै दूतावासले सम्पर्क कार्यालय स्थापना गरेर दमामबाट, एनआरएनएको सहयोगमा जुबैलस्थित न्यु अन्नपूर्ण नेपाली होटल र अन्य क्षेत्रीय शाखामार्फत दिँदै आएको सेवा भने बन्द गर्ने भएको छ।

नागरिकबाट  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: