अव शुक्रवार र शनिवार युएईका सिनेमा हलमा नेपाली चलचित्र 

त्रिलोचन कोइराला युएई 

अंगेजी तथा हिन्दि चलचित्र जस्तै अब नेपाली पनि चलचित्र युएईको सिनेमा हलमा निर्वाध रुपमा लाग्ने भएको छ । नेपाली चलचित्रमा कलरिस्टमा स्थापित सुदिप श्रेष्ठको पहलमा नेपाली चलचित्रको लागि जनवरी ३१ तारिकका दिन युएईको भक्स सिनेमा प्रालिसंग ब्यवसायीक सम्झौता भएको छ ।  

नेपाली सांगीतिक कार्यक्रम गरेर कलाको तिर्सना मेटाउदै आएका युएईका नेपाली मनोरञ्जनप्रेमी दर्शकहरुले दुवई अबुधाबी लगायत युएईका सम्पूर्ण प्रान्तका हलहरुमा नयाँ नयाँ नेपाली चलचित्र हेर्न पाइने श्रेष्ठले बताएका छन ।

मध्यपूर्वमा पहिलोपटक नेपाली चलचित्रको लागि आधाकारिक सम्झौता भएर बजारबिस्तार भएको बताउदै कलरिस्ट श्रेष्ठले प्रत्येक शुक्रबार र शनिबार नेपाली चलचित्र युएईका हलमा प्रदर्शन हुने बताएका छन । भक्स सिनेमाको बिभिन्न १३ स्थानका ७ दर्जन बढी पर्दामा एक साथ हेर्न सकिने बताउँदै कलरिस्ट श्रेष्ठले अंग्रेजी तथा हिन्दि चलचित्रको बिचमा नेपाली फिल्लिमको प्रचार सामग्री समेत प्रशारण हुने जनाएका छन ।

प्रेमदिबसको दिन फेरअरी १४ तारिक नेपाली चलचित्र कबडी कबडी प्रदशनी गर्दै युएईबाट नेपाली चलचित्र हलमा देखाइने बताएका कलरिस्ट श्रेष्ठले नयाँ चलचित्र प्रदर्शनमा आफू केन्द्रीत हुने बताए । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: