साउदीमा ३ सय नेपाली विचल्लीमा 

साउदी अरव, माघ १७- रोजगारदाता कम्पनीले काम गरेको तलब नदिँदा रोजगारीका लागि साउदी अरब आएका करिब ३०० नेपाली बिचल्लीमा परेका छन् । दमामस्थित साद सह्मी अल हजारी कम्पनीमा कार्यरत नेपालीहरू बिचल्लीमा परेका हुन् । उनीहरुले गत अक्टोबरदेखि जनवरीसम्मको पारिश्रमिक पाउन सकेका छैनन् ।

सडक निर्माण क्षेत्रमा कार्यरत उनीहरू तलब पाउन नसक्दा भोकभोकै बस्न बाध्य छन् । उनीहरु कम्पनीले खटाएको क्षेत्रमा अलपत्र परेका छन् । अधिकांश नेपाली कामदारको आवास अनुमति ९अकमा० नवीकरण नगरिएका कारण कार्यालय फर्कन सकेका छैनन् ।

सडक निर्माणका लागि साउदीको विभिन्न स्थानमा कार्यरत कामदारसँग कागजात नभएका कारण समस्या परेको र भोकभोकै बस्नुपर्ने स्थिति आएको सर्लाहीका देव मैनालीले बताए ।  “खाने बस्ने कुनै टुङ्गो छैन, खुला आकाशमूनी सुत्न बाध्य छौं, मैनालीले भने ।

 आफूहरुको उद्धारका लागि दूतावासका कर्मचारी हरि घिमिरेलाई दुई साता अघि जानकारी गराएको तर, पहल हुन नसकेको उनले गुनासो गरे । अन्य मुलुकका कामदारलाई दूतावासले खाने, बस्ने प्रबन्ध मिलाउने गरेपनि नेपाली दूतावासले भने कुनै चासो नदिएको मैनालीको भनाइ छ ।

तलब पाउने आशमा विभिन्न क्षेत्रमा कार्यरत १०० बढी कामदार कम्पनीको मुख्य कार्यालय दमाम आइपुगेका छन् । उक्त कम्पनीको कार्यक्षेत्र हायल, अलकसीम, जुबेल, खादली, अबुद्रिया, रस्तनुरा, खब्जी, सरार, दमाम लगायतका स्थानमा कार्यरत नेपाली कामदार अलपत्र परेका हुन् ।

रोजगारदातासँग काम गरेको तलब पटक–पटक माग्दा पनि उपलब्ध नगराएको सिन्धुलीका नानीराम श्रेष्ठले बताए । ‘कमाएर घर पठाउने कुरै छाडौँ, छाक टार्न धौ धौ भएको छ । साथीहरुसँग सापटी गरेर बाँचेका छौं उनजेल भने । कम्पनीमा नेपाली कामदारसहित बङ्गलादेशी, भारतीय, श्रीलङ्काली, फिलिपिनी, पाकिस्तानीलगायतका गरी एक हजार ३०० बढी कामदार कार्यरत रहेको बताइएको छ ।

भोकभोकै बस्नु परेपछि तलब पाउने आशामा हायलबाट काम छाडेर दमाम आएको गोर्खाका भक्त गुरुङले बताए । ‘सुत्ने ठाउँ छैन, कोही गाडीमा त कतिपय चिसो भुइँमा सुतेका छन्, एउटै कोठामा १५ जना कोचिएर रात काटेका छौँ” उनले भने । भोकै बस्नुपर्ने स्थिति आएपछि काम गर्न छाडेर कम्पनीको मुख्य कार्यालयमा आएको अर्का पीडित अर्घाखाँचीका समुन्द्र रानाको भनाइ छ ।

कम्पनी सञ्चालकले कामदारका समस्याप्रति चासो नदिएको पीडित नेपालीले बताएका छन् । पिउने पानीको समेत राम्रो व्यवस्था नहुँदा केही कामदार बिरामी परेका छन् । पैसाको अभाव र कागजात नभएकाले उपचार गर्नसमेत समस्या भएको छ । रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: