
काठमाडौं, माघ १७ आइतवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ ७७ पैसा र विक्रि दर २९ रुपैंयाँ ९४ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ५१ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ६७ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ९० पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ६ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ९ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ २३ पैसा छ । लगातार घटेको रिंगिटको मूल्य केहि समययता २५ रुपैंयाँ माथि पुगेको छ । धेरै नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्रा मलेसियन रिंगिटको मूल्यमा आएको गिरावटले नेपाली कामदार र उनीहरुका परिवारलाई चिन्तित बनाएको छ । कुवेती दिनारको खरिददर ३५६ रुपैंया ७७ पैसा छ । बहराइन दिनारको खरिददर २८७ रुपैंयाँ ४३ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।