
काठमाडौं, माघ १६ – यो हप्ताको शुक्रवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ ७७ पैसा र विक्रि दर २९ रुपैंयाँ ९४ पैसा रह्यो । रियालको विनिमय दर गत आइतवारका लागि खरिद दर २९ रुपैंयाँ ६६ पैसा र विक्रिदर २९ रुपैंयाँ ८४ पैसा थियो । यस हिसावले हेर्दा साताको अन्त्यमा कतारी रियालको विनिमय दर थोरै बढेको देखिन्छ ।
यसैगरी युएई दिरहमको शुक्रवारको खरिददर २९ रुपैंया ५१ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ६७ पैसा छ । सातको सुरु दिन यसको खरिद दर २९ रुपैंयाँ ४१ पैसा र विक्रि दर २९ रुपैंयाँ ५७ पैसा थियो । दिरहमको विनिमय दर भनें साताको अन्त्यमा थोरै घटेको छ ।
शुक्रवारका लागि साउदी रियालको खरिददर २८ रुपैंया ९० पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ६ पैसा रहेको छ । साताको सुरुमा साउदी रियालको खरिददर २८ रुपैंयाँ ७८ पैसा र विक्रि दर २८ रुपैंयाँ ९४ पैसा थियो । साउदी रियालको पनि विनिमय दर केहि घटेको देखिन्छ ।
मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ०९ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ २३ पैसा छ । आइतवारका लागि २५ रुपैंयाँ १४ पैसा र विक्रि दर २५ रुपैंयाँ २८ पैसा थियो । निरन्तर ओरालो लागेको रिंगिटको मूल्य यो साता केहि बढेको हो । लामो समय पछि रिंगिटले २६ रुपैंयाँ पार गरेको हो ।