एजेन्सी – चीनबाट शुक्रबार ३६ दिनसम्म मृत्युसँग संघर्ष गर्ने चारजना मजदुहरुको तस्बिर सार्वजनिक भएको छ । उद्धारकर्मीहरुले चीनको शानडोङ्ग जिल्लाको जिप्सम खानीको भग्नावशेषबाट चार मजदुरलाई ३६ दिनपछि जीवितै निकाल्न सफल भएका हुन् ।
यो खानी दुर्घटना भइ डिसेम्बर २५ मा पुरिएको थियो । यो खानी पुरिँदा १७ जना मजदुर फसेका थिए । जसमा एकजनाको तत्कालै मृत्यु भएको थियो । ११ जना मजदुरलाई पाँच दिनभित्र जीवितै बाहिर निकालिएको थियो । मजदुरहरुको यो समूह २२० मिटर (721 फिट) गहिराइमा फसेका थिए । फसेका मजदुरहरुसम्म पानी र झोल पदार्थ पठाउन ड्रिल गरेर पाइप लगाइएको थियो । खानीको भग्नावशेषमा सुरुङ बनाएर यी चार मजदुरलाई जीवितै निकालिएको हो ।
उद्धारकर्मीहरुले सजगतापूर्वक सुरुङ बनाएका थिए ताकि मजदुरहरुको उद्धारमा कुनै गडबड नहोस । यी चार मजदुरको उद्धारका लागि ७ सय जना उद्धारकर्मीहरुको टिम खटिएको थियो । चीनमा डिसेम्बर २५ मा भएको यो दुर्घटनापछि यसका मालिकले डराएर आत्महत्या गरेका थिए । घटनापछि पुलिसले खानी मालिक मा काङ्गबोमाथि तीब्र दबाब दिएको थियो । उनलाई लामो सोधपुछ पनि गरिएको थियो । यसले उनी तनाबमा थिए ।
प्रहरीले दबाव दिएपछि डराएका काङ्गबोले घटनाको तीनदिनपछि खानीमै हामफालेर आत्महत्या गरेका थिए । चीनमा हरेक वर्ष औसतमा एक हजार मानिस खानी दुर्घटनामा परेर ज्यान गुमाउँछन् ।
यसअघि चिलीमा ६९ दिनपछि ३३ जनाको ज्यान बचाइएको थियो । सन् २०१० मा चिलीमा ३३ खानी मजदुरलाई ६९ दिनपछि जीवितै बाहिर निकालिएको थियो । दुर्घटनापछिको दुई हप्तापछिमात्रै उनीहरु फसेको स्थान उद्धारकर्मीहरुले पत्ता लगाएका थिए ।
अन्नपूर्ण पोष्टबाट
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1