युएईको रोजगारी पछि घर फर्किंदा कति पाइन्छ रकम? 

युएई- तपाई युएईको रोजगारी सकेर स्वदेश फर्किंदै हुनुहुन्छ ? हुनुहुन्छ भनें तपाईले कम्पनीबाट पाउने ग्रयाच्यूटी रकमका बारेमा जानकारी लिनु राम्रो हुन्छ । ग्रयाच्यूटीको हिसाव निकाल्दा आफूले गरिरहेको काम निश्चित समयावधिको सम्झौताको हो वा अनिश्चित समयावधिको हो भन्ने यकिन गर्नुपर्ने युएईको श्रम मन्त्रालयले प्रष्ट पारेको छ । मन्त्रालयका अनुसार सम्झौता अवधिका हिसावले कामदारले पाउने रकम फरक हुन सक्छ । 

युएईएमा रोजगारदाताले कामबाट हटाएको अवस्थामा पनि कामदारले गैरकानूनी काम नगरेको भएमा उपादान स्वरुप पाउने सो रकम पाउनेछन् । एक बर्ष काम नगरी राजिनामा दिएको भएमा भनें त्यस्ता कामदारले यो सुविधा नपाउने मन्त्रालयले जनाएको छ । 

निश्चित अवधिका लागि गरिएको सम्झौताका आधारमा पाउने रकमः

एक बर्षसम्म काम गरेको भएमा : कुनै रकम पाउने छैनन । 

एक बर्षदेखि ५ बर्ष भित्र काम गरेकोः प्रतिवर्ष २१ दिनको दरले । 

५ बर्षभन्दा बढी भएमाः प्रतिवर्ष ३० दिनको दरले । 

उपदान रकम गणना गर्ने तरिकाः 

यदि मासिक तलव १ हजार दिरहम छ र एक देखि ५ बर्ष काम गरेको भएमा १ हजारलाई ३० ले भाग गर्नुहोस् । यसमा प्रतिदिनको तलव ३३ दिरहम आउँछ । यसलाई २१ ले गुणन गर्दा प्रतिवर्ष ७ सय दिरहम हुन आउँछ । तसर्थ त्यस्तो व्यक्तिले प्रतिवर्ष ७ सय दिरहमका दरले उपादान वापतको रकम पाउँछन् । 

यसैगरी ५ बर्ष भन्दा बढी सेवा अवधि भएमा प्रतिवर्ष एक हजार दिरहमका दरले उपादान वापतको रकम पाउँछन् । 

रोजगारदाता र कामदारबीच सम्झौता अनिश्चितकालको भएमाः 

एक बर्षभन्दा कम सेवा अवधि भएमाः कुनै उपदान पाइने छैन । 

एक देखि तीन बर्षबीचको सेवा अवधि भएमाः प्रतिवर्ष २१ दिनको हिसावले आउने रकमको तीन भागको एक भाग । जस्तै यदि प्रतिवर्ष ७ सय रकम हुन आउँछ भनें कामदारले पाउने प्रतिवर्ष उपदान २ सय ३३ दिरहम हुन आउँछ । तीन बर्ष देखि ५ बर्ष सेवा अवधि भएमा कुल रकमको दुई तिहाई पाइन्छ भनें ५ बर्ष भन्दा बढी सेवा अवधि भएमा प्रतिवर्ष २१ दिनको हिसावले आउने कुल रकम उपदान वापत दिनुपर्छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: