ओमानमा नेपालीको न्यूनतम तलव १ सय २० ओमानी रियाल, शर्त पुर गरे मात्र मागपत्र स्वीकृत

मस्कट माघ १३- ओमनमा अदक्ष कामदार र घरेलु कामदारका लागि नेपालले न्यूनतम तलव सुविधा तय गर्दै सो अनुरुपको मागपत्र मात्र स्वीकृत गरिने प्रष्ट पारेको छ । नेपाली दुतावासले एक सुचना जारी गर्दै १२० ओमानी रियाल(झण्डै नेरु ३३ हजार) न्यूनतम तलव र खाना सुविधा तोकिएको ओमान टाइम्सले समाचार लेखेको छ । 

व्यक्तिगत रुपमा कामदार मगाउन चाहने रोेजगारदाताले समेत दुर्ई तर्फी हवाई टिकट र भिसा शुल्क आफैंले तिर्नुपर्ने जानकारी दुतावासले गराएको छ समाचारमा भनिएको छ । सरकारको सो निर्णयलाई स्वागत गर्दै एनआरएनका तर्फबाट डिवी क्षेत्रीले व्यक्तिगत भिसामा आउन चाहनेहरुको आफन्त ओमानमा भएमा मात्र आउन पाउने व्यवस्था नेपाल सरकारको रहेको बताएका छन् । 

यसअघि निःशुल्क भिसा, टिकट उपलव्ध नगराउने कम्पनीहरुको मागपत्रलाई नेपाल सरकारले स्वीकृति दिन बन्द गरिसकेको छ । त्यसैले यसका बारेमा ओमानका रोजगारदातामा देखिएको अन्यौललाई प्रष्ट पार्न दुतावासले सुचित गरेको हो । 

ओमानस्थीत नेपाली दुतावासकी कार्यवाहक राजदुत रोजिना ताम्राकारले नेपाल सरकारले यस अगाडी नै निःशुल्क भिसा र टिकट उपलव्ध गराउने कम्पनी तथा रोजगारदाताको मागपत्र स्वीकृत गर्ने व्यवस्था गरिसकेको र सोही कुरा सुचना मार्फत प्रष्ट पारिएको बताएकी छिन् । उनले टिकट र भिसा निःशुल्क उपलव्ध गराएवापत कामदारको तलवबाट कुनै शुल्क काट्न नपाइने समेत प्रष्ट पारिन् । 

दुतावासले तोकिएका शर्त पूरा गरेर मागपत्र प्रमाणिकरण गर्न दुतावास ल्याउन समेत रोजगारदातालाई अनुरोध गरेको छ । ताम्राकारले नेपालस्थीत मेनपावर कम्पनीलाई कुनै शुल्क उपलव्ध गराए वा नगराएको बारेमा समेत प्रष्ट जानकारी उपलव्ध गराउन रोजगारदातालाई अनुरोध गरिन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय