कुवेतमा फसादमा परिएला है

कुवेत- कुवेतको आन्तरिक मन्त्रालयले अनैतिक कृयाकलापहरु रोक्नको लागि बिशेष अभियान चालेको छ । गैर कानुनी हैसियत भएका आप्रवासि कामदारहरुलाई लक्षित गरी चेकाजाँचमा निकै कडाई गरेको छ । आन्तरिक मन्त्रालयको निर्देशनमा घर घरमा छापामारि गैर कानुनी हैसियत भएका र अन्य गैरकानुनी काममा संलग्न भएका आप्रवासिहरुलाई पक्राउ गरिरहेको छ ।

छापा मार्ने अभियानको एक महिनामा कुवेत पुलिसले गैर कानूनी रुपा बसेका हजारौं व्यक्तिहरुलाई पक्राउ गरि सकेको छ । भिषाको समय समाप्त भएका, कम्पनी अथवा स्पोन्सरको घरबाट भागि अन्यत्र बस्ने र काम गर्ने कामदारहरुलाई पक्राउ गरेको छ । यसरी पक्राउ गरिएका कामदारहरुलाई डिपोर्ट गर्ने गरेको छ। यसरि डिपोर्ट भएका कामदारहरु पुन कुवेत आउन पाउने छैनन् ।

पुलिसले फरक दिनमा फरक ठाउँमा रेड हानी पक्राउ गर्ने गरेको छ । पक्राउ पर्नेमा नेपालीहरुको पनि ठुलो संख्या रहेको छ । जसमध्ये पनि धेरै महिलाहरु रहेका छन । नेपालीहरु बेश्याबृति गरेको अभियोगमा समेत पक्राउ परेका छन । स्पोन्सरको घरबाट भागि देशि बिदेशि पुरुषहरुसंग अनैतिक तरिकाले बस्दै आएका महिलाहरु धेरै पक्राउ परेको बताईन्छ ।

नेपालीहरु निकै मेहनती, ईमान्दार र सोझा हुन्छन भन्ने कुरामा नै यति बेला प्रश्न चिन्ह खडा भएको छ । कुवेत सरकारका एक अधिकारिसँगको अन्र्तरंग कुराकानीमा उनले सोही आशय झल्कने कुरा गरे । नेपालीहरुले रक्सिको कारखाना देखि बेश्यबृति जस्तो घृणीत व्यवशाय समेत संचालन गरेको समाचार सार्वजनिक हुनुले यहाँ रहेका नेपालीहरुलाइ शर्मानाक बनाएको छ ।

नेपालीहरुले रक्सि पिउनु, बनाउनु नयाँ कुरा नहोला तर कुवेतमा नेपालीहरुले भट्टि नै संचालन गरेका छन भन्ने सुन्दा कसैलाई पनि प्रिय लाग्दैन । एउटा विराउने शाखा पिराउने भने झै यहाँ रहेका नेपालीहरुको कृयाकलापले राष्ट्र देखिन्छ । यहाँ हामी आफै मात्र आएका छैनौ हामीसँगै राष्ट्रियता पनि आएको छ भन्ने बुझेर काम गर्न सक्नु पर्दछ । गैर कानूनी र घृणीत कोटीका काम गर्नेहरु प्रति शुन्य शहनशिलता राख्न जरुरी छ । तर ठमेलका बजारमा जस्तो हप्ता तिरेर केहि त्यस्ता ब्यक्तिहरुलाई पालिएका छन भन्ने पनि सुनिन्छ । 

नेपालीहरुले संचालन गरेका केहि त्यस्ता ठाउँहरु छन । जस्लाई बेश्यालय त भन्न नमिल्ला तर सभ्य मान्छे बस्ने घर पनि होइन । युवा युवतिहरुलाई यौनजन्य कृयाकलाप गर्नको लागि घण्टाको हिसाबले कोठा उपलब्ध गराईन्छन । ती कोठा बेश्यालय होईनन तर काम त्यही हुन्छ । यौनजन्य कृयाकलाप अबश्य भएका छन। यहाँको पुलिसका फन्दामा पर्दाको दिन त्यसको परिभाषा बेश्याबृती भन्ने नै हुन्छ । जसले नेपालीहरुको कति बदनाम गर्छ रु अन्तराष्ट्रिय समाचार माध्यामहरुको हेड लाईन बनेर आउदा कुन नेपालीलाई दुःख लाग्दैन रु

घरेलु रक्सि बनाउने बेच्ने र तास खेलाउने अड्डा जमाएर राम्रै पैसा कमाउछन रे । नेपालीहरु जम्मा गराएर तास खेलाउने अड्डाहरु पनि थुप्रै रहेको बजारमा कुरा चल्छन । अझ रोचक कुरा त के छ भने यसरी जुवातास खेलाउने, भट्टि र कोठि संचालन गर्ने महिलाहरु हुन ।

उनीहरुले यस्ता अनैतिक कृयाकलाप गरेर नेपाल र नेपालीको स्वाभिमानमै आचँ आउने काम गरेका छन । नेपालीहरुको प्रतिष्ठामै धक्कालाग्ने गरि बेईजेत गर्ने नेपालीहरु ढिलो चाडो कुवेत पुलिसका हात पक्कै लाग्ने छन ।नेपालीहरुको इज्जेतमा दाग लगाउनी बेईजेतिहरु साबधान रहनु । अन्यथा तिमीहरुलाई जेल जानबाट भागवानले पनि बचाउन सक्ने छैनन ।

नेपालकुवेत डटकमबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय