मलेसियाका जेल र घरफिर्ती केन्द्रमा कति छन् नेपाली ? 

सुदिप निउरे, क्वालालम्पुर- मलेसियाका बिभिन्न जेलमा अहिले २ सय ५९ नेपाली घर फर्किने दिन गन्दै बसेका छन् । अधिकांश अबैधानिक तरिकाले काम गरेको अबस्थामा पक्राउ परेको यहांस्थित नेपाली राजदुतावासले जनाएको छ । अन्य चोरी लगाएतका अभियोगमा पक्राउ परि जेल परेको बताएको छ । 

बिभिन्न अभियोगमा पक्राउ परेका सबैलाई यहाँको सरकारले अनिवार्य तीन महिना जेलमा राखेर घरफिर्ती केन्द्रमा सार्ने गर्छ । मलेसियाका बिभिन्न ठाउँमा रहेका घरफिर्ती केन्द्रमा अहिले ३ सय ७५ जना नेपाली छन् । जेल र घरफिर्ती केन्द्रमा गरि कूल ६ सय ३४ रहेको दुतावासले जनाएको छ । 

घर फिर्ती केन्द्रमा सारीएका सबैजनाले तीन महिनाको जेल सजाय पुरा गरिसकेका हुन । प्रत्येक १५ दिनको अन्तरमा घरफिर्ती केन्द्रहरु भ्रमण गरि नेपालीको अबस्था बुझ्ने र नेपाल फर्काउन उनीहरुका आफन्तसँग सम्पर्क गर्ने गरेको दुतावासले जनाएको छ ।

अघिल्लो बर्ष अत्याधिक नेपाली मलेसियाबाट घर फर्किएका थिए। दुतावासको तथ्यांक अनुसार यहाँको सरकारले दिएको आममाफीको १६ महिने अबधिमा ५५ हजार अबैधानिक रुपमा बसेका नेपाली घर फर्किएका छन् । यति ठुलो सख्यामा नेपाली घर नफर्काएको भए २० हजार भन्दा बढी नेपाली यहांका जेल तथा घरफिर्ती केन्द्रमा अलपत्र पर्ने मलेसियाका लागि नेपाली राजदुत डाक्टर निरञ्जनमान सिंह बस्न्यातको भनाई छ ।  आममाफीको समय गत डिसेम्बर ३१ बाट सकिईसकेको छ । 

यसैगरी घर फिर्ती केन्द्रमा अलपत्र ४ सय ३१ जनालाई गतबर्ष आममाफीको समयमा घर फर्काईएको राजदुत बस्न्यातले बताए । जस अन्तर्गत १ सय २६ जना नेपाल सरकारको आर्थिक सहयोगमा घर फर्किएका हुन । ३ सय ५ जना मलेसिया तथा नेपालका कम्पनिले एकतर्फी हवाई टिकट ब्यवस्था गरिदिएपछि घर फर्किएका हुन । गतबर्ष बिना कागजपत्रका घरफिर्ती केन्द्रमा अलपत्र १ हजार ३ सय ९६ जनालाइ निःशुल्क रुपमा यात्रा अनुमतिपत्रको ब्यवस्था गरिएको राजदुत बस्न्यातले जानकारी दिए । 

मृतकको हकमा बैधानिक कामदार भए प्रक्रिया पुरा गरि एक हप्ता भित्र शब नेपाल पठाईने राजदुत बस्न्यातले बताए । मृतक अबैधानिक तथा घरपरिवारले शव नेपाल झिकाउन आर्थिकरुपमा नसक्ने भए बैदेशिक रोजगार प्रर्बद्धन बोर्डसंग आर्थीक सहयोगका लागि अनुरोध गरि शव नेपाल पठाउने गरेको उनले बताए । गत बर्ष अबैधानिक कामदारका ८ वटा शव नेपाल पठाईएको थियो । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय