युएईमा लेवर कन्ट्रयाक्ट दिनु पर्ने ११ भाषामा नेपाली पनि

दुवई- युएईबाट कामदार मगाउँदा पठाउनु पर्ने अफर लेटर तथा कामदार आइसकेपछि गर्नुपर्ने लेवर कन्ट्रयाक्ट अनिवार्य रुपमा कामदारले बुझ्ने भाषामा हुनु पर्ने व्यवस्थालाई कडाईका साथ लागु गरिने भएको छ । युएईको श्रम मन्त्रालयले यसलाई कडाईपूर्वक पालना गराइने प्रष्ट पारेको हो । 

मन्त्रालयका अनुसार हालका लागि ११ वटा भाषालाई त्यसरी अफर लेटर तथा लेवर कन्ट्रयाक्ट गर्र्दा अनिवार्य गरिएको छ । यसमा नेपाली समेत एक हो । ति ११ भाषासँगै अरविक र अंग्रेजी भाषामा पनि त्यसलाई उल्था गरिएको हुनुपर्ने मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार त्यसरी आफ्नै भाषामा दिइने सम्झौतापत्रले कामदारले आफूले पाउने सेवा सुविधा र आफ्नो दायित्वका बारेमा राम्रोसँग बुझ्नेछन् । श्रम मन्त्री सकिर गोवासले नयाँबर्षको सुरुवातसँगै यो व्यवस्थाको कार्यान्वयनलाई अनिवार्य गरिएको बताएको गल्फन्यूजले समाचार लेखेको छ । 

अफर लेटर तथा लेवर कन्ट्रयाक्टमा अनिवार्य गरिएका भाषाहरुमा अरविक र अंग्रेजीसँगै नेपाली, बंगाली, चिनिया, दारी, हिन्दी, मलायम, श्रीलंकन, तामिल र उर्दु रहेका छन् । युएईमा कार्यरत आप्रवासी कामदारको संख्याका आधारमा यी भाषाहरु छनौट गरिएको मन्त्रालयले प्रष्ट पारेको छ । 

यो व्यवस्थाको उल्लंघन गर्नेलाई २० हजार दिरहमसम्म जरिवाना गरिने चेतावनी मन्त्रालयले दिएको छ । आफ्नै भाषामा सम्झौतापत्र पढ्न पाएपछि हाल देखिएको रोजगारदाता तथा कामदारबीचको समस्या कम हुने विश्वास युएईका सरकारी अधिकारीहरुले प्रकट गरेका छन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय