युएईमा एक नेपालीलाई तीन महिना कैद

दुवई – युएईको एक एयरपोर्टमा यात्रुको लगेजबाट एउटा एयरफोन चोरी गरेको अभियोगमा पक्राउ परेका एक नेपालीलाई तीन महिनाको कैद सजाय तोकिएको छ । उनले सामसुङ ब्राण्डको मोवाईलको एयरफोन चोरी गरेको अभियोग लागेको छ । उनले विमानबाट सामान झार्ने क्रममा सो एयरफोन चोरेको समाचारमा जनाइएको छ । 

दुवई अन्तराष्टिय विमानस्थलमा अवतरण गरेको विमानबाट ति लोेडरको काम गर्ने नेपालीले एयरफोन चोरी गरेको बताइएको छ । २० बर्षिय ति नेपालीको नाम छोटकरीमा बीएम रहेको गल्फ न्यूजले समाचार लेखेको छ । उनले गत सेप्टेम्वर महिनामा सो चोरी गरेको समाचारमा उल्लेख गरिएको छ । 

दुवईको अदालतमा उनले आफूले गरेको गल्ती स्वीकारेकोे समाचारमा उल्लेख छ । हो मैले चोरी गरेको हुँ उनको भनाई उधृत गर्दै भनिएको छ, यसका लागि उनले आफूलाई थोरै सजाय दिन निवेदन गरेका थिए । 

ईमिरेट्स एयरलाइन्सका एक सुरक्षाकर्मीले उनले व्यागबाट सामान चोरी गर्दै गरेको सुरक्षा जाँचका लागि जडित क्यामेराको माध्यमबाट देखेका थिए । अदालतको निर्णयमा चित्त नबुझेमा ति नेपालीले माथिल्लो अदालतमा अपिल गर्न पाउनेछन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: