
मस्कट- झापा पृथिवीनगर घर भई बैदेशिक रोजगारको शिलशिलामा हाल ओमानको मस्कटमा कार्यरत हेमा देबी परियारले आत्माहत्या गरेकी छिन । परियारले गत २८ नोभेम्बर २०१५ मा आफुले काम गर्ने घरमै झुण्डिएर आत्माहत्या गरेकी हुन ।
उनी आफुले काम गर्दै आएको पहिलेको घर छाडेर अन्यत्र काम गर्दै आएकी थिईन । घर छाडेर भागेर गैर कानुनी तवरले बसेको हुनाले स्पोन्सरले बेवास्ता गरेकोले शब पठाउन ढिला भएको मस्कटबाट तुला गिरीले जानकारी गराएका छन ।
उनको मृत्यु पश्चात घरमा कुनै सम्पर्क हुन नसकेको भन्दै गत पौष २३ गते मस्कट स्थित नेपाली राजदुताबासले काठमाडौ स्थित कन्सुलर सेवा बिभागलाई एक पत्र लेख्दै घरपरिवारलाई उनको मृत्युको जानकारी गराउन अनुरोध गरेको थियो । मृतकको परिवारहरु सम्पर्कमा आईसकेको र पोस्टमार्टम गरेर केही दिन भित्रै शब नेपाल पठाइने पकृयामा रहेको गिरिले जानकारी गराएका छन । हाल उनको शब मस्कटको एक स्थानीय अस्पतालमा राखिएको छ ।