युएईमा कानून विपरित मलाई हटाइयो, अव म के गरौं ?

म युएईको एक कम्पनीमा विगत ५ बर्षदेखि कार्यरत छु । यहि बर्ष म छुट्टीमा एक महिनाका लागि घर गएँ र फर्केर आउँदा कम्पनीले मेरो छुट्टीको पैसा काट्ने बतायो । कम्पनी घाटामा भएका कारण त्यसो गरिएको मलाई बताइयो । मैले त्यसलाई अस्वीकार गरेपछि कम्पनीले मलाई अन्तै काम खोज्न भन्दै जवर्जस्ती निकाल्यो । मैले अन्यत्र काम गरेको छैन । कम्पनीले चार महिनादेखि तलव रोकेर राखेको छ । मैले ५ बर्ष काम गरेवापत कम्पनबाट पाउनु पर्ने ग्राच्यूटी पनि पाएको छैन । म के गर्न सक्छु होला ? 

उत्तरः कुनै पनि कम्पनीले युएईको कानून विपरित त्यसरी रकम कट्टा गर्न पाउँदैन । यसैगरी कम्पनीले घाटामा गएको बहानामा पनि रकम कट्टा गर्न पाउँदैन । यसका विरुद्धमा उजुरी गरेमा न्याय पाइन्छ । यदि कम्पनीबाट कसैलाई यसरी हटाउनु परेमा पनि युएईको कानून अनुसार तीन महिनाको क्षतिपूर्ति पाइन्छ । यसैगरी कम्पनीले कानूनी रुपमा निकालेको अदालतमा प्रमाणित नभएसम्मको पनि तलव दिनु पर्दछ । किनकी युएईको कानून अनुसार कुनै कामदार युएईमा रहुञ्जेलसम्म स्पोन्सरको नै जिम्मेवार हुनुपर्दछ ।

(उत्तर अधिवक्ता मोहम्मद ईव्राहिम अल साइवाले दिएका हुन् । यो प्रश्नोत्तर गल्फ न्यूजमा प्रकाशित छ)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: