बढ्ने भयो मलेसियामा कामदारको तलव

काठमाडौं, कात्तिक ८ – मलेसियाले निजी क्षेत्रमा कार्यरत कामदारहरुका लागि आगामि बर्ष (सन् २०१६, जुलाई) देखि लागू हुनेगरि न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ । शुक्रबार ‘बजेट–२०१६’ सार्वजनिक गर्दै प्रधानमन्त्री नाजिब तुन रजाकले निजी क्षेत्रमा कार्यरत सबै कामदारहरुको मासिक न्यूनतम पारिश्रमिक वृद्धि गरिएको घोषणा गरेका हुन् । 

स्थानीय संचारमाध्यमका अनुसार नयाँ घोषणामा पश्चिमी मलेसिया (राजधानी रहेको क्षेत्र) मा निजी क्षेत्रमा कार्यरत कामदारका लागि १ हजार रिंगिट र पूर्वी मलेसिया (सावाह, सारावक र लाबुवान) मा कार्यरत कामदारका लागि ९२० रिंगिट पारिश्रमिक तोकिएको छ । उक्त नयाँ पारिश्रमिकसम्बन्धी नीति पूर्णरुपमा कार्यान्वयन भएमा मलेसियामा कार्यरत लाखौं नेपालीसहित करिब २२ लाख विदेशी कामदार पनि आगामि बर्ष जुलाईदेखि लाभान्वित हुने भएका छन् । 

कामदारको तलबबाटै लेबी लिँदै आएकाले यसबाट कामदारलाई सोचेजस्तो फाइदा नहुने मलेसियाका लागि नेपाली राजदुत डा. निरञ्जनमानसिंह बस्न्यातले प्रतिक्रिया दिए । ‘लेबी शुल्क कामदारसँग नलिए त ठीकै हो । नत्र सय रिंगिट बढ्दैमा कामदारलाई त्यति धेरै फाइदा हुन्न,’ उनले थपे ‘कमसेकम १२ सय रिंगिट भएको भए राम्रो हुन्थ्यो ।’ 

रिंगिट कमजोर भएकाले हाल एकजना नेपालीले मासिक सरदर २२ हजार रुपैंया कमाउँछन् । यहाँ सेवा, उत्पादन, निर्माण र कृषि तथा प्लानटेशन लगायत क्षेत्रमा नेपालीहरु कार्यरत रहेका छन् । मलेसियाली सरकारले यसअघि २०१३ जनवरी महिनामा न्यूनतम पारिश्रमिक तोकेको थियो । उक्त नीति ६ महिना परिक्षणका रुपमा समेत कार्यान्वयन गरिएको थियो । 

हाल पश्चिमी मलेसियामा कार्यरत कामदारले मासिक ९ सय रिंगिट र पूर्वी मलेसियामा कार्यरत कामदारले ८ सय रिंगिट न्यूनतम पारिश्रमिक प्राप्त गर्दै आएका छन् । सरकारले घोषित पारिश्रमिक लागू नगर्ने रोजगारदाताहरुलाई प्रति कामदार १ लाख रिंगिटसम्म जरिवाना हुनसक्ने जनाएको छ । ‘न्युनतम पारिश्रमिकसम्बन्धी व्यवस्था २०१२’ का अनुसार हरेक दुई दुई बर्षमा यसबारे समीक्षा हुने गर्दछ ।   

कान्तिपुरबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय