
दुवई, साउन १३– युएईमा गतहप्ता देखि लागुु भएको घृणा सम्वन्धि कानून अन्तर्गत एकजना पक्राउ परेका छन् । उनलाई सामाजिक सञ्जाल मार्फत यूएईप्रति घृणा फैलाइएको अभियोग लगाइएको छ । पक्राउ पर्नेमा साउदीका नागरिक रहेकोे खालिज टाइम्सले खवर लेखेको छ । उनी सो कानून अन्तर्गत पक्राउ पर्ने पहिलो व्यक्ति हुन्् । लेफ्टीनेन्ट जर्नेल दाही खालिफान तामिमका अनुसार ति व्यक्तिले हालैै ट्वीटर मार्फत यूएई प्रति घृणा फैलाउने खालको सन्देश प्र्रवाहित गरेका थिए । ति व्यक्तिको नाम मोहम्मद अल हुदहैफ भएको समाचारमा उल्लेख छ । ट्वीटर मार्फत अल हुदहैफले कुनै तथ्यविहिन समाचार र हल्ला फैलाउने काम गरेका कारण उनी पक्राउ परेका हुन्् लेफ्टीनेन्ट जर्र्नेल तामिमले भने । उनले ति व्यक्तिलाई अदालतमा पेश गर्नका लागि प्रहरीले फाइल तयार पारिरहेको बताए । ठूलो संख्यामा नेपाली समेत कार्यरत मुलुक युएईले सामाजिक सञ्जालमा लेखिएका विषयमा समेत ठूलो आर्थिक जरिवाना र कडा कैद सजाय सहितको घृणा विरुद्धको कानून ल्याएपछि त्यसमा नेपाली कामदार सजग हुनुपर्ने देखिएको छ । स्वच्छन्द रुपमा मुख्य गरी फेसबुकमा लेख्न बानी परेका नेपालीले लेखेका विषय समेत यसरी नै अनुगमनमा पर्ने देखिएको हुँदा ध्यान पुर्याउनु पर्ने देखिन्छ । मुख्यगरी युएईको कानून, धर्म, रीतिरिवाज, धर्मसंस्कार लगायतमा कुनै टिप्पणी गरेमा समस्यामा पर्ने हुन्छ । यो पनि पढ्नुहोस् हातमा सीप, साथमा पैसा(भिडियो सहित)