युएईमा एक नेपालीको हृदयाघातबाट मृत्यु

रामप्रसाद ढुंगेल, यूएई, असार १५ – रोजगारीको सिलसिलामा १४ वर्षघि यूएई आएका बर्दिबास–४, गौरीडाँडा, महोत्तरीका ४१ वर्षिय विमल विष्टको हृदयाघातका कारण मृत्यु भएको छ । रास अल खेईमहाको राक मलमा सुपरभाइजरका रुपमा कार्यरत विष्टको सुतेकै ठाउँमा २९ जुन, सोमबार बिहान ८ः५० मा निधन भएको सहकर्मी टी.एन शर्माले जानकारी दिएका छन् । अघिल्लो दिन सामान्य अवस्थामा सुतेका विष्ट रातको समयमा अलि ठूलो आवाजमा घुरेको सोही कोठामा रहेका उनका सहकर्मी नेपालीहरुले बताए। बिहान असहज अवस्थामा भेटिएका विष्टको उपचारका लागि आएको एम्बुलेन्सले प्राथमिक उपचार गर्ने क्रममा मृत घोषित गरेको सहयोगी शर्माले जानकारी दिए । विष्टको शवलाई स्थानीय एक अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ । शर्माका अनुसार कम्पनीले आवश्यक कागजात तयार पारी एक हप्ताभित्रै विष्टको शवलाई नेपाल पठाउने तयारी भइरहेको छ । विष्टका तीन छोरीमध्ये जेठी छोरीले भर्खरै एसएलसी पास गरेको र उनका एक छोरा तीन वर्षका रहेको यूएईमै सेक्युरिटीमा काम गर्ने मृतकका भाइ विराट विष्टले जानकारी दिएका छन् । कमजोर आर्थिक अवस्थाका कारण लामो समय यूएईमा बसेका विष्ट उच्च रक्तचापले पीडित भए पनि खानपिनमा विशेष ध्यान दिने गरेको सहकर्मीहरुले बताए । सबैसँग मिल्न सक्ने, हाँसखेल गर्न सदा अग्रसर बन्ने रसिक स्वभावका विष्टको असामयिक निधनले रास अल खेमाको नेपाली समुदाय स्तब्ध भएको सोही एरियामा बसोबास गर्ने नेपाल पत्रकार महासंघ, यूएईका कोषाध्यक्ष मेघराज सापकोटाले बताएका छन् । विष्टको निधनले परिवारमा पर्न गएको तत्कालको समस्या सभाधान गर्न राख अल खेईमहबाट सहयोग अभियान चलाउने सहयोगी शर्माले जानकारी दिएका छन् । यो पनि पढ्नुहोस् बेचिएर खाडी पुर्याएकी नेपाली महिलाको कसरी सम्भव भयो उद्धार ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय