काठमाडौं- साउदी अरवले स्वीजरल्याण्डको जेनेभामा हुने बैठकका अवशरमा नेपाल र केन्याका मन्त्रीहरुसँग घरेलु कामदार पठाउन रहेको बन्देजका बारेमा छलफल गर्ने भएको छ । साउदीको अनलाइन अरव टाइम्सका अनुसार साउदीमा बढ्दो फिलिपिनो घरेलु कामदारको संख्यालाई नियन्त्रण गर्न पनि नेपाल लगायतका देशबाट घरेलु कामदार ल्याउन साउदी सरकार ईच्छुक रहेको छ । तर साउदी लगायतका खाडीका देशमा महिला घरेलु कामदार माथि हुने चरम शोषणका कारण हाल ति देशमा नेपालले घरेलु कामदार पठाउन बन्देज लगाएको छ । नेपाल लगायतका अन्य कतिपय देशले बन्देज लगाएपछि साउदी लगायतका देशमा घरेलु कामदारको चकोै अभाव छ । जसका कारण फिलिपिन्सबाट निक्कै महंगो मासिक तलव सहितको सुविधामा ति देशले घरेलु कामदार महिला लगिरहेका छन् । अरब टाइम्सका अनुसार साउदी सरकारका मन्त्रीले नेपाल र केन्याका मन्त्रीसँग साइडलाइन छलफलका क्रममा घरेलु कामदार पठाउने सम्वन्धमा सम्झौतामा पुग्ने प्रयास गर्नेछन् । घरेलुु कामदार नियुक्ति सम्वन्धि कार्यालयका प्रवन्ध निर्देशक अहमद अल अव्दुलकरिमले यसले फिलिपिनो घरेलु कामदारको साउदीमा बढ्दो दवदवालाई कमगर्न सहयोग पुग्ने अपेक्षा राखेका छन् । यसलाई रोक्न साउदी सरकारले अन्य देशका लागि यो अवशर खुल्ला गर्र्ने निर्णय गरेको समाचारमा जनाइएको छ । जवकी साउदीमा घरेलु कामदार पठाउन नेपाल, केन्या लगायतका देशहरु स्वयंले रोकेका हुन् । यो पनि पढ्नुहोस् कुवेतमा पिज्जा–बर्गर बनाउने केटो पोखरामा कुखुरा स्याहार्दै (भिडियो सहित)
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1