विदेशमा जेल परेका र अप्ठ्यारोमा रहेकालाई घर फर्काउ

धनुषा जेठ ७- बैदेशिक रोजगारीबाट फर्केकाहरुको सञ्जाल आप्रवासी कामदार हक हित संरक्षण केन्द्र, धनुषाले  विदेशमा अप्ठ्यारो अवस्थामा रहेका नेपालीलाई नेपाल फर्कने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । आप्रवासी कामदार हक हित संरक्षण केन्द्र, धनुषाले विहिवार एक विज्ञप्ती जारी गर्दै विभिन्न कारणले विदेशका जेलमा रहेका तथा अलेखवद्ध भएर काम गरिरहेका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाउन सरकारलाई आग्रह गरेको हो । केन्द्रका अध्यक्ष अमोद यादवले जारी गरेको विज्ञप्तीमा यो विपत्तिको समयमा परिवारसँगै बस्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ । मलेसिया, साउदी अरव लगायतका देशहरुले ति देशमा अलेखवद्ध भएर काम गरिरहेका कामदारलाई स्वदेश फर्किन समय समयमा सहुलियतपूर्र्ण व्यवस्था गर्दै आएका छन् । नेपालले भूकम्प पश्चात सोही प्रकारको आम माफीका लागि पहल गरेमा त्यस्तो व्यवस्था हुन सक्ने सुरक्षित बैदेशिक रोजगारको क्षेत्रमा कार्यरत अधिकारकर्मीहरु बताउँछन् । यसैगरी केन्द्रले हालै सरकारले भूकम्प पीडित आप्रवासी कामदारलाई नेपाल फर्किन निःशुल्क हवाई टिकटको व्यवस्था गरेकोमा त्यसको सह्राना समेत गरेको छ । आप्रवासी कामदारको पक्षमा आवाज उठाउने तथा बैदेशिक रोजगारलाई सुरक्षित बनाउने उद्धेश्यले धनुषा जिल्ला अघिल्लो हप्ता मात्र केन्द्र गठन गरिएको हो । यस्ता केन्द्रहरु अन्य जिल्लाहरुमा समेत गठन गर्न थालिएको छ । यो पनि पढ्नुहोस् साउदीमा बाध्यताले गरेको काम नेपालमा भूकम्पपछि काम लाग्यो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय