आफन्तको मुख अन्तिम पटक हेर्न घर फर्किन दिएन कम्पनीले

मलेसिया – गत शनिवार आएको भूकम्पमा परी परिवारका ९ जना आफन्त गुमाएका नुवाकोटका मच्छिन्द्र प्याकुरेल नेपाल फर्किन नपाएर छटपटिरहेका छन् । आफन्तको अन्तिम पटक मुख हेर्न नेपाल फर्किन खोजेका उनलाई उनको कम्पनीले आफन्त सवै मरिसकेको अवस्थामा किन घर जानु भन्दै नेपाल फर्किन दिएको छैन । कम्पनीले आफूलाई जवर्जस्ती काममा लगाउन खोजेको प्याकुरेलको भनाई छ । उनी जोहरबारुको महामेगा कम्पनीमा काम गर्दछन् । ९ महिना अगाडी उनी प्रोग्रेसिभ मेनपावर मार्फत मलेसिया आएका थिए । कम्पनीले नेपाल फर्किन नदिएपछि सहयोगका लागि उनी नेपाली दुतावास आइपुगेका छन् । तर दुतावास बन्द देखेपछि उनी निराश देखिन्थे । उनी आफन्तको मुख अन्तिम पटक हेर्न पाए हुन्थ्यो भन्दै भक्कानिंदै थिए । मलेसिया स्थीत नेपाली दुतावासका श्रम सहचारी बुद्धिनाथ भट्टराईले यस्ता पीडितलाई नेपाल फर्काइदिन सम्वन्धित कम्पनीहरुलाई निर्देशन दिइसकेको बताए । दिनेश लुईंटेल, मलेसिया यो पनि पढ्नुहोस्  राहत वितरण गर्न एनआरएन टोली सिन्धुपाल्चोकतर्फ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: