सीपले बढाएको शान : गृहिणीबाट सफल व्यवसायी(भिडियोसहित)

श्रीधर पौडेल, नवलपरासी – कुनै बेला रातमा निद्रा पर्थेन । तर हिजो आज समाजमा बेग्लै शान छ, निशा थनेतको । यो शान जुटाएको हो उनको सीपले । तर हातमा सीप नहुञ्जेलसम्मको कहरको कथा सुनाउँदा उनको गहमा अहिले पनि आँसु छचल्किन्छ । दुःखका दिन हातमा सीप मात्र होइन, साथमा दाम पनि थिएन । थनेत दम्पत्ति भविष्यको चिन्तामा रुमल्लिरहन्थ्यो । जति प्रयत्न गर्दा पनि बाटो फेला परिरहेको थिएन । IMG_2111घरको आर्थिक अवस्था उति गतिलो थिएन । श्रीमानको हातमा सीप थिएन । त्यहि छेकमा ससुराले छुट्याईदिए पछि झन् रनाहमा पर्यो थनेत दम्पत्ति । माईतिले दिएका दुईटा भेडा पालेर आम्दानीको उपाय खोज्ने प्रयत्न पनि गरिन् उनले । तर त्यो पनि सपना नै भयो । श्रीमान दुर्गा ट्याक्टरमा काम गर्न थाले । तर त्यसबाट पनि गर्जो टर्ने कुनै छेकछन्द देखिएन । यहिबीचमा सन्तान जन्मे । उनीहरुलाई कसरी हुर्काउने ? कुनै उपाय नलागेपछि एक दिन दुर्गा कमाउन विदेशिने निश्कर्षमा पुगे । विदेश भनेको नजिकैको भारत थियो । निशाले नै माईतिबाट ल्याएको ५ सयमा जोरजाम गरेको ५ सय थपेर उनी भारत हान्निए । तर त्यसले पनि उनीहरुको जीवनमा खासै कुनै उकालो लाउने काम गरेन । … यता निशालाई न रातमा निन्द्रा न दिनमा भोक भने जस्तो थियो । विहान बेलुका भात भान्साकै चिन्ता । जव रात पथ्र्यो अनी सुरु हुन्थ्यो छटपटि । आर्थिक उपार्जनका अनेक उपाय सोचेर दिन वितिरहे । त्यहि छेकमा महिला भावात्मक एकता मञ्च भन्ने गैह्र सरकारी संस्थाले गाउँमा सामाजिक गतिविधि गर्न थाल्यो । उनलाई त्यसले तान्यो । तर त्यसमा लाग्दा ससुराले संस्थाका मान्छेहरुलाई भेटेर जिम्मा लगाउनै गए । घरबाट निस्केकी महिला विग्रन्छे भन्ने सोचाईले ग्रस्त थिए उनका ससुरा । तर यति हुँदा पनि निशाले समूह छोडिनन् । समय वित्दै गयो । एक दिन रुखमा टाँसेको पम्प्लेट देखिन् । त्यहाँ विभिन्न तालिम लिन चाहनेहरुलाई तालिम सिकाउने बारेमा जानकारी थियो । बुझ्दै जाँदा थाहा भयो त्यहि समूहमा आवद्ध ब्यक्तिहरुले मल्टी स्कील तथा इन्भारोमेन्ट डेभलपमेन्ट प्रा.लि. भन्ने संस्था मार्फत तालिम सिकाउने योजना बनाएका रहेछन् । उनलाई ढुङ्गा खोज्दा देउता मिले जस्तो भयो । Multi skill एक दिन श्रीमानलाई फोनमा म तालिम लिन्छु भनिन् । शुरुमा श्रीमानले एउटा महिला भएर काम गर्न सक्छौ र भने । सहयोग गर्नुस्, तपाईले हुन्छ मात्र भन्नुस्, बाँकी त म आफैंले गर्नसक्छु भनिन् । कुनै केटा मान्छेले गर्न सक्छ भने मैले किन नसक्ने ? उनले श्रीमानलाई दिएको जवाफ यहि थियो । श्रीमानलाई सहमत गराएर उनी तालिममा गइन् फर्निचर मेकरको । परिआउँदा सहयोग नगरेपनि कुरा काट्नेको खाँचो थिएन आफ्नै गाउँघरमा । महिला भएर फर्निचर बनाउने काम गर्ने धेरैले उनकै अघिल्तीर उनको खिसि गरे । तर पनि उनले हिम्मत हारिनन् । आफ्नो सुरमा लागिरहिन् । जीवन मोडियो तीन महिने तालिम लिदैं गर्दा उनको मनमा म कसरी उद्यमशील बन्न सक्छु होला भन्ने चिन्ताले पोलिरहन्थ्यो । हुन पनि फर्निचर बनाउने तालिम लिने २ जना मध्ये १९ जना पुरुष थिए । उनी एक्लि महिला । तालिम राम्रै भयो । हातमा सीप र उद्यमशील बन्ने काईदा त उनले जानिन् तर काम कसरी शुरु गर्ने केही मेसो थिएन । माईतिले दिएको १३ हात जग्गा बैंकमा थितो राख्न थुप्रै बैंक चहारिन् । तर एउटी महिला, त्यो पनि फर्निचर बनाउने उद्यम थाल्न खोज्दा कुनै बैंकले ऋण पत्याएन । बल्लतल्ल एउटा बैंक उनलाई ऋण दिन सहमत भययो । अनी सुरु भयो निशाको आफ्नै फर्निचर कारखाना । IMG_2151 निशा फर्निचर सप्लायर्स, कोल्हुवा – ७ नवलपरासी । यो बोर्ड राखेर काम शुरु गर्दा उनमा छुट्टै हिम्मत र हौसला भरियो । बढ्दो शान उनको काम शुरु भएपछि श्रीमान विदेशबाट फर्के । हिजो आज फर्निचरको काम गर्नेहरुलाई उनी अह्रन खटन गर्छन् । निशा सामानको अर्डर लिने, बनेको सामान बेच्ने, हिसाव किताब राख्ने लगायतका काम गर्छिन् । दौड धुप बढेपछि एउटा स्कुटर समेत किनेकी छिन् । उनको दौडधुपलाई हिजो आज स्कुटरले हल्का बनाईदिएको छ । अहिले कारखानामा ६ जना कामदार छन् । विदेश गएको भाईलाई पनि फर्काएर फर्निचरमा लगाएकी छन् । बुहारीलाई पनि रञ्जा लगाउन सिकाएकी छन् । कारखानामा आबद्ध सवैलाई भ्याई नभ्याई छ । सामान बनाएको आधारमा तलव पाउँछन् कामदारहरुले । महिनामा केही नहुँदा पनि सवै खर्च कटाएर ३५–४० हजार बचत हुन थालेको छ । विवाहको लगनमा त यो कमाई अझ बढ्छ ।IMG_2109 आय आर्जन गर्नु अघिको जीवन र अहिलेको सामाजिक जीवनमा पनि जानिदों गरी फरक आएको छ । कुनै बेला के खाउँ र कसो गरौं भन्ने चिन्ताले थिलोथिलो बनाएकी निशालाई हिजो आज चाडवाडमा मिठो मसिनो खान कुनै संकट छैन, परिवार हाँसी खुसी छ । उतिबेला केही गरि खाँदैनन् भनेर छुट्याईदिएका उनै ससुराले अहिले घरको काममा सघाउँछन् । निशालाई कारखानाबाट घर फर्कन ढिलो भयो भने कँस्यार बढारिदिने देखि पानी ल्याउनेसम्मका काम ससुराले नै गर्छन् । यसले घरमा मेलमिलाप बढेको प्रष्ट्याउँछ । पहिला गाउँमा छलफल बैठक हुँदा पुरुषले मात्र पाउने अवशरमा हिजोआज निशाको पनि हिस्सा हुन थालेको छ । सामाजिक उत्थान गर्नु पर्छ भन्ने सोचले उनी थारुका संगठनमा पनि आवद्ध भईन् । आफू संगै आफ्नो समाजका लागि केही गर्नु पर्छ भन्ने लाग्छ उनलाई । निशामा आएको परिवर्तनलाई नजिकैबाट नियाली रहेकी छन् मल्टी स्कील तथा इन्भारोमेन्ट डेभलपमेन्ट प्रा.लि. की प्रवन्ध निर्देशक सिर्जना आचार्य । उनी भन्छिन् पहिलाको र अहिलेको निशामा आकाश जमिनको फरक छ । त्यति बेलाका फोटोहरु हेरेर अहिले उही निशा हो भन्ने नै लाग्दैन । सीपले मान्छेलाई यतिसम्म परिवर्तन गर्दो रहेछ । उनी भविष्यमा ठूलै सामाजिक कार्यकर्ता बन्छिन् भन्ने मलाई विश्वास छ । IMG_2139 हातमा एक रुपैंया नहुँदा त त्यत्रो हिम्मत बटुलेकी निशालाई अब कुनै कुराको फिक्रि छैन । किनभने अव उनको हातमा सीप छ । काम गर्ने ढंग छ । अनी साथमा पूँजी पनि जम्मा भएको छ । अव यहि व्यवसायलाई विस्तार गर्ने र समाजमा पिछडिएका महिलाहरुलाई सीप सिकाएर उद्यमशिल बनाउने योजना छ निशाको । (निशा थनेत रोजगार कोषअन्तर्गत सन् २०१४ को तालिम तथा रोजगारी कार्यक्रमकी लाभान्वित हुन् । उनलाई तालिम तथा रोजगारीका लागि स्थानीय तालिम तथा रोजगार प्रदायक संस्था मल्टी स्कील तथा इन्भारोमेन्ट डेभलपमेन्ट प्रा.लिले सहयोग गरेको थियो । रोजगार कोष सन् २००८ देखि नेपालमा क्रियाशील छ । सन् २०१५ को मार्चसम्ममा रोजगार कोषले करिब एक लाख युवालाई तालिम तथा रोजगारीका लागि सहयोग गरिसकेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयको रेखदेख र हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालले कार्यान्वयन गरेको रोजगार कोषमा स्वीस सरकार विकास सहयोग (एसडीसी), बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (युकेएड) र विश्व बैँकको आर्थिक सहयोग प्राप्त छ ।)  यो पनि पढ्नुहोस् दुई बर्षमा झण्डै ४० लाख स्वदेशमै कमाई(भिडियो सहित) पूर्व लडाकुबाट टेलर्स सञ्चालकः फेरिएको परिचय (भिडियो सहित) भिडियो हेर्नुहोस् https://www.youtube.com/watch?v=M7ftBhRKhGo&feature=youtu.be

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय