कहाँ होलान् उनीहरु ?

सिर्जना बस्नेत, रामेछाप –नेपालबाट बैदेशिक रोजगारीमा दैनिक १५ सय भन्दा बढी युवा विदेशिने गरेको तथ्याँक छ । त्यसमध्ये अधिकाँश खाडीका मुलुकहरु र मलेसिया जाने गरेका छन् । रामेछाप जिल्लाबाट पनि बैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ । २०७० ७१ मा मात्र रामेछाप जिल्लाबाट ५ हजार ५ सय १२ नेपाली विदेशिएको तथ्याँक छ ।

तर जानेहरुको संख्या जति छ, बैदेशिक रोजगारीमा गएर विदेशमै हराउनेहरु पनि उत्तिकै देखिएका छन् । रामेछापमा सामीको सहयोगमा चारघरे सेवा समितिद्धारा सञ्चालित सुरक्षित आप्रवासन सम्वन्धि सुचना तथा परामर्श केन्द्रमा त्यसरी आफन्त हराएको भन्दै खोजिका लागि सहयोग गरिदिन हालसम्म १० वटा निवेदन परेका छन् ।

प्राप्त निवेदनहरुलाई काठमाडौं स्थीत प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी) को विदेशमा रहेको सञ्जाल तथा सम्वन्धित देशमा रहेको दुतावास मार्फत खोजिको काम हुने गरेको छ ।

हराएकाहरुः

रामकृष्ण खत्री । उमेर ३५ बर्ष । स्थायी ठेगानाः कठजोर १ रामेछाप । गएको देश मलेसिया ।

उनी विसं २०५८ सालमा रोजगारीको लागि मलेसिया गएका थिए । उनी विदेश गएको ४ महिनसम्म सम्पर्कमा रहेको परिवाका सदस्यहरुले जानकारी दिएका छन् । तत्पश्चात उनी हालसम्म सम्पर्क विहिन छन । उनको खोजिका लागि सहयोग गरिदिन रामकृष्णकी श्रीमति र दिदीले अनुरोध गरेका छन् ।

खड्गबहादुर मगर । उमेर २७ बर्ष । स्थायी ठेगाना हिमगंगा ३ रामेछाप । गएको देश मलेसिया ।

खड्ग बहादुर मगर विसं २०६२ सालमा रोजगारीको लागि मलेसिया गएका थिए । उनी २०७० चैतसम्म परिवारसँग सम्पर्कमा रहेका थिए । तर त्यसयता उनी परिवारसँग सम्पर्र्कमा नरहेको परिवारका सदस्यले बताएका छन् ।

उनले पछिल्लोपटक गरेको टेलिफोनमा आफूले कम्पनी छोडेर भागेको बताएको र समस्यामा परेको जानकारी दिएको मगर परिवारको भनाई छ । उनको खोजिका लागि सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।

गौतम तामाङ । उमेर २७ बर्ष । स्थायी ठेगानाः नागदह ६ रामेछाप । गएको देश मलेसिया । 

गौतम तामाङ विसं २०६६ सालमा रोजगारीको लागि मलेसिया गएका थिए । विदेश गएको एक वर्षसम्म उनी परिवारको सम्पर्कमा रहेका थिए ।

तर त्यसपछि परिवारसँग उनको सम्पर्क नरहेको परिवारका सदस्यले बताएका छन् । उनी सम्पर्कविहिन भएको चारबर्ष वितिसकेको छ ।

५९ वर्षिया वुवा विष्णुबहादुर तामाङ छोरा फर्किने आशामा बसिरहेका छन् । उनका बारेमा कुनै जानकारी भएमा उपलव्ध गराइदिन विष्णुबहादुरले आग्रह गरेका छन् ।

टेकराज लुङगेली मगर । स्थायी ठेगाना तिल्पुङ ९, रामेछाप ।

टेकराज लुङ्गेली मगर एक बर्ष अघि घरमा बुबासँग सामान्य मनमुटाव भएर विदेशिएका थिए । उनले विमानस्थलमा पुगेर भाउजुलाई फोन गरी आफू विदेश जान लागेको बताएका थिए ।

तर देवरले आफू कुन देश जान लागेको हो सो जानकारी नदिएको र विदेश गएपछि पनि कुनै सम्पर्क नगरेको उषा मगर बताउँछिन् । उनको अवस्था पत्ता लगाउन मद्धतका लागि उषाले आग्रह गरेकी छिन् ।

प्रल्हाद गिरी । उमेर ४१ बर्ष । स्थायी ठेगानाः फुलासी १, मिल्ती रामेछाप । गएको देश मलेसिया ।

प्रल्लाद गिरी पाँच वर्ष अगाडी रोजगारीको क्रममा मलेसिया गएका थिए । विदेश गएको चारबर्षसम्म उनी परिवारको सम्पर्कका रहेका थिए । टेलिफोन सम्पर्क हुँदा समेत उनले कमार्ई धेरै नभएको भन्दै घरमा पैसा कम पठाउने गरेका थिए । विगत एकवर्ष देखि उनी परिवारको सम्पर्कमा नरहेपछि उनकी श्रीमती बेदमाया थप चिन्तित भएकी छिन । श्रीमानको अवस्था पत्ता लगाइदिन उनले आग्रह गरेकी छिन् ।

हालसम्म बैदेशिक रोजगारीको क्रममा रामेछाप जिल्लाबाट हराएकाहरुको खोजिमा तपाईको सुचनाले पनि महत्वपूर्ण सहयोग गर्न सक्छ । तपाईले उनीहरुलाई मलेसियामा कहिं देख्नुभएको वा साथिहरु मार्फत खोजि गरेर जानकारी दिनुभएमा यसले हराएकाहरुका परिवारलाई ठूलो राहत दिनेछ ।

यो पनि पढ्नुहोस् 

भेटिए साउदीमा हराएका परदेशी

श्रीमान् उडे विदेश, श्रीमति हिंडिन् अर्कैसँग

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय