
अर्जुन बराल, सोल- कोरिया इमिग्रेशनले नेपाल, बंगलादेश, श्रीलंका भारत लगायत १८ देशबाट कोरिया प्रवेश गरि ३ महिना भन्दा बढी बसोबास गर्ने विदेशीहरूले नजिकको कोरियन सरकारि स्वास्थ्य केन्द्र फोगन्सोबाट अनिवार्य टिबि रोगको परिक्षण गरि रिपोर्ट पेश गर्नु पर्ने जनाएको छ ।
इमिग्रेशनले परिक्षणको क्रममा टिबि भेटिएमा भिसा स्वीकृति नदिइने र स्वदेश फिर्ता पठाइने इमिग्रेशनले जानकारी गराएको छ । यहाँ कार्यरत व्यक्तिमा यो समस्या भेटिएमा प्रथम चरणमा उपचार गराउने, सरूवा वा धेरै नै समस्याग्रस्त भएमा स्वदेश फिर्ता गराइने इमिग्रेशनले जारी गरेको सुचनामा उल्लेख छ ।
कोरियाको स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालयको संयुक्त पहलमा कोरियाको अध्यागमनले नेपाल, पूर्बीटिमोर, रसिया, लेसिया, मंगोलिया, म्यानमार, बंगलादेश, भियतनाम, श्रीलंका, उज्जेबिस्तान, किर्गीस्तान, भारत, ईन्डोनेसिया, चीन, कम्बोडिया, थाईल्याण्ड, पाकिस्तान र फिलीपिन्स गरि १८ राष्ट्रहरुबाट कोरिया प्रबेश गरि तीन महिना भन्दा बढी बसोबास गर्ने जो कोही बिदेशीले कोरियन सरकारी स्वास्थ्य केन्द्रबाट अनिबार्य रुपमा बिशेष गरि क्षयरोगको परिक्षण गराउनु पर्ने जनाएको छ । यसैगरी मिड्ल ईस्ट रेस्पिरेटरी सिड्रोम, ईबोला लगायत मानिसलाई प्रत्यक्ष असर पर्ने छब्बिसवटा रोगको परिक्षण गरेको रिपोर्ट साथमा पेश गर्नुपर्ने जनाईएको छ ।
यस्तै सरूवा रोग, ड्रग प्रयोग आदि पाइएमा समेत स्वदेश फिर्ता हुनुपर्ने जानकारी गराइएको छ । कोरियामा टिवि रोगीको संख्यामा उल्लेख्य बृद्धि भएको देखिएपछि कोरियाले यस्तो निर्णय गरेको हो ।
अध्यागमनको सुचनामा बिगतको दशबर्षको तुलनामा आठ गुणा बढी बिदेशीहरुमा क्षयरोगको जीवाणु भेटीएको र कोरियाको स्वास्थ्य मन्त्रालयले सन् २०२० सम्ममा प्रत्येक बर्ष ४ं.५% का दरले घटाएर अन्त्य गर्ने लक्ष्य अनुरुप सरकारी स्वास्थ्य केन्द्रबाट प्राप्त रिर्पोटमा यदी क्षयरोगका साथमा अन्य छब्बीसवटा रोगहरु मध्ये कुनै भएमा प्रथम चरणमा उपचार गराउने र धेरै नै समस्याग्रस्त भएमा भिषा स्वीकृती नदिर्ई स्वदेश फिर्ता गराईने उल्लेख गरिएको छ ।
यो पनि पढ्नुहोस्