रोजगार मेलामा २ सय ५० हाराहारीले परामर्श लिए

बुटवल- बुटवलमा जारी रोजगार मेलामा शनिवार १ हजार ५ सय जति व्यक्ति सहभागि भएका छन् । त्यसमध्ये १ सयको हाराहारीमा परामर्श कार्यक्रममा सहभागि भए ।

महिलालाई लक्षित गर्दै सीप सिकाउने उद्धेश्यले यो मेला आयोजना गरिएको हो । मेलाको दोश्रो तथा अन्तिम दिन सहभागिको घुईंचो रहेपनि परामर्शमा सहभागि हुनेको संख्या भनें अपेक्षाकृत रहेन ।

यस मेलाबाट रुपन्देही, कपिलबस्तु र नवलपरासीका गरी तीन जिल्लाबाट १ हजार महिलाले विभिन्न सीपमूलक तालिमका लागि फर्म भनें अपेक्षा राखिएको थियो । मेला इभेण्ट र रोजगारकोषको सचिवालयले आयोजना गरेका हुन् । रोजगारकोषको सचिवालयका सञ्चार अधिकृत कोमल भट्टका अनुसार पछि तालिम दिने संस्थाहरुले सहभागि छनौट गरी तालिममा सहभागि गराउन सक्नेछन् ।

नेपाल सरकारको शिक्षा मन्त्रालय, शिक्षा मन्त्रालय इभेण्ट परियोजना र रोजगार कोषको सचिवालय हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालको आयोजनामा महिलाका लागि सीप तथा बृत्ति परामर्श मेला शुक्रवार सुरु भएको थियो । सो मेला महिलाका लागि मात्र लक्षित कार्यक्रम हो ।

इभेण्टले विश्व बैंकको सहयोगमा देशका २८ जिल्लामा सञ्चालन गरेको महिला विशेष कार्यक्रम सञ्चाल गर्दै आएको छ । सो मेलामा काठमाडौंका चारवटा, बुटवलका दुई तथा पोखराका एक तालिम प्रदायक संस्था सहभागि थिए ।

सो कार्यक्रम अन्तर्गत महिलालाई गैर परम्परागत व्यवसायमा लाग्न प्रोत्साहित गर्ने उद्धेश्यले कम्प्युटर हार्डवेयर, विल्डिंग ईलेक्टिसियन, प्लाम्विंग, ग्रामिण पुश स्वास्थ्य कार्यकर्ता, मोवाइल रिपेयरिंग, इण्डियन कुक लगायतका ७ वटा तालिम रोज्ने अवशर दिइएको थियो ।

Rojgari mela 3

यहि प्रकृतिको मेला यसअघि हेटौंडामा सम्पन्न भइसकेको छ भनें आगामी २३ र २४ मार्चमा सुदुर पश्चिमको धनगढीमा हुने छ । धनगढीमा हुने मेलामा कैलाली र कञ्चनपुरबाट ७ सय महिलालार्ई तालिममा सहभागि गराउने लक्ष्य राखिएको छ ।

छनौट भएका सहभागिहरुले तीन महिनासम्म निःशुल्क तालिम पाउनेछन् भनें तालिम प्रदायक संस्थाले उनीहरुलाई रोजगारीको ग्यारेन्टी समेत गर्नेछ ।

यो पनि पढ्नुहोस् महिलालाई लक्षित गर्दै बुटवलमा रोजगार मेला सुरु (तस्वीरहरु सहित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय