‘धन कमाउन गएका युवा फर्किएनन्’

रन्जना लम्साल नवलपरासी- धन कमाउन साउदी गएका मिन बहादुर महतो १ बर्ष देखि परिवारको सम्पर्कमा छैनन् । परिवारको जेठा छोरा मिन बहादुर २०६९ पुस २८ गते साउदी पुगेको खवर परिवारले पाएको थियो । बिदेश गएको एक बर्षसम्म परिवारसँग उनको सम्पर्क थियो । बिदेश गएपछि हप्तामा एकपटक घरमा प्रायःगरी सम्पर्क हुने गरेको थियो । उनले साउदी गएपछि ३४ हजार पठाएको आमा कमला महतो बताउँछिन् । उनको घर गुल्मी ८ मुसीकोट हो । आमा म २ बर्ष पछि आउछु है भन्ने गरेको छोरो त्यसपछि अचानक वेखवर हुँदा कमलाको मन आत्तिएको छ । उनी छोराको प्रसंग आउनासाथ भक्कानिने गर्छिन् । ‘हुनत काखमा २ छोरा यतै छन् । तर पनि त्यसैको मात्र याद आईरहन्छ’ कमलाले भनिन् ‘सायद बिदेश पठाउनु नहुने रैछ, पठाइहालियो ।’ नेपालमा रोजगारी नपाएपछि ३१ बर्षीय मिन बहादुर दिदीको घर तिरबाटै साउदी गएका थिए । उनकी दिदि हिमा क्षेत्री नवलपरासीको अमरापुरीमा बस्छिन् । उनले हराएको भाईको खोजखवर गरिदिन सुचना केन्द्र नवलपरासीमा निवेदन दिएकी छिन् । जेठो छोराले कमाएर घरमा भएका अरु दुई छोरालाई पढाउँला भन्ने ठानेका मिनबहादुरका पिता छोरो साउदीमै वेखवर भएपछि कमाउन भारत गएका छन् । यो पनि पढ्नुहोस् मलेसियामा एक बर्षदेखि हराएका नेपाली भेटिए    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: