महिलालाई लक्षित गर्दै बुटवलमा रोजगार मेला सुरु (तस्वीरहरु सहित)

बुटवल चैत्र ६- नेपाल सरकारको शिक्षा मन्त्रालय, शिक्षा मन्त्रालय इभेण्ट परियोजना र रोजगार कोषको सचिवालय हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालको आयोजनामा बुटवलमा महिलाका लागि सीप तथा बृत्ति परामर्श मेला सुरु भएको छ । सो मेला महिलाका लागि मात्र लक्षित कार्यक्रम हो ।

इभेण्टले विश्व बैंकको सहयोगमा देशका २८ जिल्लामा सञ्चालन गरेको महिला विशेष कार्यक्रम अन्तर्गत रुपन्देही, कपिलवस्तु र नवलपरासीका करिव १ हजार महिलालाई सीप सिकाउने उद्धेश्यले मेला आयोजना गरिएको हो । सो मेलामा काठमाडौंका चारवटा, बुटवलका दुई तथा पोखराका एक तालिम प्रदायक संस्था सहभागि छन् ।

Rojgari mela 3

सो कार्यक्रम अन्तर्गत महिलालाई गैर परम्परागत व्यवसायमा लाग्न प्रोत्साहित गर्ने उद्धेश्यले कम्प्युटर हार्डवेयर, विल्डिंग ईलेक्टिसियन, प्लाम्विंग, ग्रामिण पुश स्वास्थ्य कार्यकर्ता, मोवाइल रिपेयरिंग, इण्डियन कुक लगायतका ७ वटा तालिम रोज्ने अवशर दिइएको छ ।

Rojgari mela 1

मेलामा आउनेहरुलाई के कस्तो तालिम छान्नु उपयुक्र हुन्छ भन्ने बारेमा काठमाडौंको अन्तरंग मनोसामाजिक अनुसन्धान तथा परामर्श केन्द्रले परामर्श समेत दिइरहेको छ । मेलामा रोजगारी पसल लगायतको स्टल समेत राखिएको छ ।

Rojgari mela 5

मेलाको पहिलो दिन १ सय २० जना भन्दा बढीले परामर्श सेवा लिएको मेला आयोजक मध्येको एक हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपाल, इम्प्लोयमेण्ट फण्डका सञ्चार अधिकृत कोमल भट्टले जानकारी दिए ।

उनका अनुसार सोही प्रकृतिको मेला यसअघि हेटौंडामा सम्पन्न भइसकेको छ भनें आगामी २३ र २४ मार्चमा सुदुर पश्चिमको धनगढीमा हुने छ । धनगढीमा हुने मेलामा कैलाली र कञ्चनपुरबाट ७ सय महिलालार्ई तालिममा सहभागि गराउने लक्ष्य राखिएको छ ।

Rojgari mela 4

छनौट भएका सहभागिहरुले तीन महिनासम्म निःशुल्क तालिम पाउनेछन् भनें तालिम प्रदायक संस्थाले उनीहरुलाई रोजगारीको ग्यारेन्टी समेत गर्नेछ ।

यो पनि पढ्नुहोस् झटपट गएको कतार भन्दा नेपाल फर्केपछिको चटपटबाट धेरै कमाई

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय