
काठमाडौं, साउदी अरबमा रहेका दुईजना नेपालीले आफूहरु कार्यरत कम्पनीले भिसा नलगाइदिएर आफूहरुलाई अवैध बनाएको भन्दै उद्धारका लागि अपिल गरेका छन् ।
फेसबुक मार्फत देश परदेशलाई सन्देश पठाउँदै सुनसरीका सर्ईम मन्सुरीले आफू सहित मकवानपुरका विष्णु लाल लामालाई त्यसरी अलपत्र पारिएको बताएका हुन् ।
दुई बर्षअघि काठमाडौंको आरपी इन्टरनेशनल मार्फत साउदी अरबको एक कम्पनीमा उनीहरु काम गर्न पुगेका थिए । कम्पनीले भिसा नलगाइदिएपछि त्यसका बारेमा नेपालमा आफूहरुलाई पठाउने मेनपावर कम्पनी आरपी इन्टरनेशनलमा जानकारी गराउँदा पनि यसलाई बेवास्ता गरेको उनीहरुले गुनासो गरेका छन् ।
नेपालबाट मेनपावरले चासो नदिएपछि र साउदीको कम्पनीले भिसा नथपेपछि भागेर नेपाली दुतावासमा सम्पर्क गरेर एकहप्ता पछि सोही कम्पनीमा फर्केर काम थालेको सइमले बताएका छन् ।
सो पश्चात पनि कम्पनीले नेपाल फर्काउन कुनै पहल नगरेको भन्दै आफूहरुलाई नेपाल फर्काउन सहयोग गरिदिन सइमले बैदेशिक रोजगार विभागलाई निवेदन लेखेर पठाएका छन् ।
यो पनि पढ्नु होस्
स्पोन्सरसीप हटाउने कुरामा हामी प्रतिवद्ध छौंः कतार सरकार