स्पोन्सरसीप हटाउने कुरामा हामी प्रतिवद्ध छौंः कतार सरकार

दोहा- कतार सरकारले स्पोन्सरसीप हटाउने आफ्नो पूर्व प्रतिवद्धताबाट पछि नहटेको बताएको छ । कतारका श्रम मन्त्री अव्दुल्लाह सलेह मुवारक अल खुलैफीले कतारमा आयोजित एक भेटघाट कार्यक्रममा श्रम कानूनमा गरिने परिवर्तनमा विश्वस्त हुन आग्रह गरेका छन् ।

कतारको विदेश मन्त्रालयले विदेशी कुटनीतिक नियोगका प्रतिनिधिहरुका लागि आयोजना गरेको समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।  कामदारलाई फाइदा हुने गरी स्पोन्सरसीप र एक्जिट पर्मिट सम्वन्धी व्यवस्थामा परिवर्तन हुनेमा उनले आश्वस्त पारे ।

स्पोन्सरसीप भन्ने शव्दावली नयाँ श्रम कानूनमा नराखिने भन्दै श्रममन्त्री खुलैफीले नयाँ व्यवस्थापछि रोजगारदाता र कामदारबीच हुने श्रम सम्झौताले त्यसको ठाउँ लिने बताए ।

उनले त्यहि सम्झौतापत्रले नै रोजगारदाता र कामदारबीचको अधिकार र दायित्व बोक्ने बताए ।

कामदारको अधिकार र उनीहरुको दायित्व त्यहि सम्झौतामा लेखिएको हुनेछ जसको तय उनीहरु बीच नै हुनेछ श्रम मन्त्रीको भनाई उधृत गर्दै कतारको संचार माध्यम पेनुन्सुएलाले खवर लेखेको छ । श्रम ऐनमा गरिने परिवर्तन अन्तिम चरणमा छ उनले थपे । उनका अनुसार प्रस्तावित सुधार सहितको कानून अहिले आन्तरिक मन्त्रालयमा छलफलका क्रममा छ ।

विश्व समुदायले कतारले फेरी पनि स्पोन्सरसीप सम्वन्धि व्यवस्था परिवर्तन नगर्न आलटाल गरिरहेको आलोचना गरिरहेको सन्दर्भमा त्यसको बचाउ गर्दै मन्त्री खुलैफीले भने यो अव प्रश्न नै होइन, तर ठ्याक्कै कहिले देखि त्यो लागु हुन्छ त ? भन्ने बारेमा हामी जवाफ दिन असमर्थ छौं । कतारले यसअघि पनि आफूले गरेको प्रतिवद्धता पूरा गरेको छ र भविष्यमा पनि गर्नेछ उनले भने ।

अल खुलैफीले स्पोन्सरसीपको कानून फेर्ने विषयमा आम सहमति नभएको भएपनि मुलुक, कामदार तथा सवैका लागि फाइदाजनक हुने भएका कारण यसलाई परिवर्तन गरिने बताए । उनले सन् २०१४ मा मात्र झण्डै २ सय कम्पनी र १४ वटा मेनपावर कम्पनीलाई काम गर्न रोक लगाइएको भन्दै कानून विपरित काम गनेहर्रुलाई सरकारले छुट नदिने प्रष्ट्याए ।

Qatar workerउनले सो प्रसंगमा नेपालको दुतावासको सहयोगमा ५५ वटा मेनपावर कम्पनीलाई प्रतिवन्ध लगाएको समेत बताए ।

पछिल्लो समयमा कतारमा कामदार माथि भइरहेको शोषणलाई विश्व सामु देखाउन पश्चिमा सञ्चार माध्यमहरुले नेपाली कामदारलाई देखाउँदै आएका छन् ।

उनले गत बर्ष प्राप्त गरेका ९ हजार ६ सय श्रम सम्वन्धि गुनासोमध्ये ६ हजार ८ सय तत्काल सम्वोधन गरिएको र ८ सय गुनासोलाई अदालतमा पठाइएको बताए । हामी कतारको श्रम कानून र काम गर्ने वातावरण सुधार्न प्रतिवद्ध छौं, किनकी हामी सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिता गर्न गइरहेका छौं मन्त्री खुलैफीले भनेका छन् ।

कतारका सञ्चारमाध्यमहरुले कतारका बारेमा पश्चिमा सञ्चारमाध्यमहरुले कुप्रचार गरिरहेको भन्दै त्यसलार्ई चिर्न यस्तो कार्यक्रम सहयोगि हुने भएकाले यसलाई नियमित गर्नुपर्ने भन्दै प्रशंसा समेत गरेका छन् ।

यो पनि पढ्नुहोस्

मलेसियामा एक बर्षदेखि हराएका नेपाली भेटिए

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय