मलेसियामा एक बर्षदेखि हराएका नेपाली भेटिए

धादिंग- एक बर्षदेखि परिवारसँग सम्पर्क टुटेका धादिंगका दिलबहादुर श्रेष्ठ भेटिएका छन् । काम गर्न चारबर्ष अघि मलेसिया गएका उनी परिवारसँग सम्पर्कमा थिएनन् ।

उनका बारेमा हालै विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएको थियो । उनकी आमा लालमाया श्रेष्ठले छोरो हराएको भन्दै उनको खोेजिका लागि सहयोग गरिदिन सामि हेल्भेटासको सहयोगमा सिड्स धादिंगद्धारा सञ्चालित सुचना केन्द्रमा निवेदन दिएकी थिइन् । उनका बारेमा विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि मलेसियामा रहेका व्यक्तिले उनलाई सम्पर्क गराईदिएका हुन् ।

‘छोरो हरायो खोजिदेउ’ भन्ने समाचार पढेपछि हाल मलेसियामै कार्यरत दिपक गुरुङ र टपेन्द्र कार्कीले उनी आफूहरुसँगै कम्पनीमा काम गरिरहेको जानकारी दिएको सामीका जिल्ला परियोजना संयोजक कमल रोकाय बताउँछन् ।

त्यसपछि उनीहरुले दिलबहादुरलाई घरमा बुधवार(आज)फोन गराएका छन् । उनले आमासँग कुराकानी गर्दै आफूले मोवाइल हराएको र घरको नम्वर हराएका कारण फोन गर्न नपाएको बताए ।

उनका साथिहरुका अनुसार खासै धेरै कमाउन नसकेका उनले परिवारमा पैसा पठाउन नसकेपछि सम्पर्क विहिन भएका थिए । हराएको व्यक्ति सम्पर्कमा आएपछि श्रेष्ठ परिवारमा खुसी छाएको छ ।

यसअघि प्रकाशित समाचार पढ्नुहोस् 

यी मान्छे कहाँ होलान् ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय