एक नेपाली ९ महिना जेलमा कष्टकर जीवन काटेर नेपाल फर्किए

रन्जना लम्साल, नवलपरासी – ९ महिना जेल बसेर नवलपरासीका राजेन्द्र तामाङ नेपाल फर्किएका छन् । कमाएर परिवार पाल्नृ उद्धेश्यले ५ बर्ष अगाडी क्लीनरको काममा मलेशिया गएका राजेन्द्र थोरै समयमा धेरै कमाउने सपना देखेर आफु गएको कम्पनी छोडेर अर्को कम्पनीमा सेक्युरिटी गार्डको काम गर्न पुगेका थिए ।

भागेर गरेको दोश्रो कम्पनीबाट कमाई पनि उनको राम्रै भएको थियो । तर उनलाई आपत त्यति बेला आइपर्यो जव उनी घर फर्किन टिकट काटेर नेपाली दुतावासबाट ट्राभल डकुमेन्ट बनाएर घर फर्किने समय पर्खेर बसेका थिए । उनी सो अवस्थामा पक्राउ परे ।

प्रहरीले उनलाई पक्रिएन मात्र उनको साथमा भएको दुई हजार रिंगेट(झण्डै नेरु ६० हजार) तथा एप्पलको मोवाईल फोन समेत प्रहरीले खोसेर लग्यो । राजेन्द्रले भने धन्न बाँचेर फर्किएँ, तर रित्तै । उनी आफूसँग ‘न परिवारलाई फोन गर्ने पैसा न त पेटभरि खान नै थियो’ भन्छन् । उनले जेलमा आफूले निक्कै कष्टकर जीवन विताएर फर्किएको बताएका छन् । उनलाई सुरक्षित आप्रवासन सुचना तथा परामर्श कावासोतीको पहलमा प्रवासी नेपाली समन्वय समिति र नेपाली दुतावासको सहयोगमा गत शुक्रबार नेपाल फर्काइएको हो ।

खान एक गिलास पानी र ठूलो गाँस खाए दुर्ई गाँस मात्र भात दिइने गरेको राजेन्द्र बताउँछन् । त्यसरी नै ९ महिना काटेको सम्झँदै उनी सो अवधिमा आफुलाई एकपटक पनि नेपाली दुताबासबाट कोहि भेट्न नआएको दुखेसो पोख्छन् ।

राजेन्द्र नेपाल फर्किएका त छन् तर घरमा रहेकी श्रीमती र छोराछोरी उनी नेपाल फर्किदा घरमा थिएनन् । म जेल नपर्दासम्म घरमा भएकी मेरी श्रीमती म जेल परेको थाहा पाएपछि काम गर्न भन्दै काठमाडौ बस्न थालिछ । छोरा छोरीको राम्रो शिक्षा दिक्षाको लागि अर्काको देशमा गएर दुःख गरें तर आज छोरा छोरीको भविष्य झन् अन्धकार भएछ उनले भने ।

रित्तो हात नेपालको बिमानस्थल उत्रिएका राजेन्द्रलार्ई घरसमम आउन गाउँको एक जना साथीले खर्च दिएका थिए । धेरै कमाउने सपना देखेर आफु गएको कम्पनी छोडेर भाग्दाको परिणाम यस्तै हुने भन्दै राजेन्द्र अब नेपालमा नै दुख गर्ने तर अव कहिल्यै बिदेश नजाने बताउँछन् ।

यो पनि पढ्नुहोस् 

नेपाली महिला कुवेतमा लागु औषध कारोवारको अभियोगमा पक्राउ, उद्धारका लागि छोरीको अपिल

कतारमा अन्त्य भएको एउटा सपना (भिडियो सहित )

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय