कतारमा श्रम कानूनमा केहि फेरवदल, विवरण आउन बाँकी

दोहा, फागुन ७ – कतारका अमिर शेख तमिम बिन अलथानीले कतारको श्रम कानून परिमार्जनलाई अन्तिम स्विकृती प्रदान गरेका छन् । कतारको सरकारी सञ्चार माध्यम कतार न्यूज एजेन्सीका अनुसार अलथानीले श्रम ऐनमा रहेको व्यवस्थामा केहि परिवर्तन गरेको जनाएको छ । तर त्यसका बारेमा केहि विवरण खुलाइएको छैन ।

कानूनमा गरिएको फेरवदल राजपत्रमा प्रकाशित हुने उल्लेख गरिएको छ । यसैगरी सन् २०१५ का लागि अन्य विभिन्न कानूनी व्यवस्था पनि गरिएको समाचारमा जनाइएको छ ।

कतारमा विगत केहि समययता श्रम ऐनमा परिमार्जन गरी स्पोन्सर र एक्जिट पर्मिट सम्वन्धि व्यवस्था हटाउन अन्तराष्टिय दवाव परिरहेको छ । सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिता आयोजना गर्ने अधिकार पाएको कतारले केहि समययता श्रम काूननमा सुधार गर्ने उधारो प्रतिवद्धता जनाउँदै आएको थियो ।

लाखौं आप्रवासी कार्यरत संसारकै सवैधन्दा धनी मूलुक कतारले आप्रवासी कामदारलाई दासको झैं व्यवहार गरेको भन्दै आलोचना हुँदै आएको छ । कतारमा ५ लाखबढी नेपाली कार्यरत रहेको अनुमान छ ।

यो पनि पढ्नुहोस् 

https://deshparadesh.com/jailed-for-raping/

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय