दुवईमा नेपाली युवालाई पाकिस्तानीले बलात्कार गरे

काठमाडौं- दुबईमा नेपाली युवालाई बलात्कार गरेको अभियोगमा एक पाकिस्तानीलाई ५ बर्ष जेल सजाय सुनाइएको छ । एउटै कोठामा सँगै बस्दै आएका २२ बर्षीय नेपाली युवकलाई बलात्कार गरेको अभियोगमा उनलाई जेल सजाय सुनाइएको गल्फ न्यूजले जनाएको छ ।

समाचारमा ती युवकको छोटकरी नाम जीटी भनेर खुलाइएको छ । पीडित युवकले अदालतमा दिएको बयानअनुसार रक्सी पिएर आएका ३१ बर्षीय पाकिस्तानी साथीले सुतिरहेका बेला उनलाई एक्कासी पछाडीबाट समातेर बलात्कार गरेका थिए ।

‘मलाई १५ मिनेटसम्म बलात्कार गर्‍यो, उ बलियो भएकाले प्रतिबाद गर्न सकिन’ उनले बयानमा भनेका छन्  ।

बलात्कारपछि उनले घरको सुरक्षागार्डलाई खवर गरेपछि प्रहरी आएको थियो । प्रहरी पुग्दा ती पाकिस्तानी सुतिरहेका थिए भने उनको मुखबाट रक्सीका गन्ध आएको थियो ।

अभियुक्त पाकिस्तानीले भने आफुले मदिरा सेवन गरेकाले बलात्कार गरेको सम्झना नभएको दावी गरेका छन् । ल्याब परिक्षणबाट नेपाली युवासँग उनले शारिरिक सम्बन्ध राखेको प्रमाण भेटिएको समाचारमा जनाइएको छ ।

जनवरी २०१४ मा भएको यो घटनाको सुनुवाई सोमबारमात्र भएको हो । अदालतका न्यायाधीश इजत अब्दुलले कैद भुक्तानी गरेपछि मात्र अभियुक्त पाकिस्तानीलाई घर फर्काउन आदेश दिएका छन् । ती पाकिस्तानी दुबईमा सरसफाईको काम गर्दथे । अनलाइन खवरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय