केकी र मनोज कतार आउँदै

दिपक पुडासैनी, दोहा, कतारमा कार्यरत नेपालीलाई हँसाउन र नचाउन नायिका केकी अधिकारी र हाँस्य कलाकार मनोज गजुरेल नेपालबाट आउने भएका छन् । उनीहरु जनवरी २ तारिखमा कतार आइपुग्ने छन् ।

सोलो इभेन्टस र सास क्रियसनले गर्न लागेको मेघा कन्सर्ट २ मा केकी र मनोजले आफ्नो प्रस्तुती दिनेछन् । कार्यक्रम संयोजक कल्याण घिमिरे र मेघा प्रधानले दिएको जानकारी अनुसार सो कन्सर्टमा भोजपुरी उत्कृष्ट नृत्यगांना सिमा सिंह र डान्सर कनु मुखर्जी समेत सहभागि हुनेछन् ।

डान्स, म्यूजिक र मस्ती नाम दिइएको कार्यक्रम दिनको ३ बजे देखि शुरु हुने छ । कार्यक्रममा नेपालका सदाबहार गायक प्रमोद खरेलले समेत आफ्ना गितहरुबाट दर्शकलाई भरपुर मनोरन्जन प्रदान गर्ने छन् ।

नेपाली सिनेमाको कतारमा बजार प्रवद्र्धन गर्ने र कतारमा कार्यरत नेपालीलाई भरपुर मनोरञ्जन दिने उदेश्यका साथ आयोजना हुने मेघा कन्सर्ट २ वेस्ट इन्डिज पार्कको ग्लोबल सिनेमा हल ग्याण्डमलमा हुनेछ । मेघा कन्सर्टको पहिलो कार्यक्रम आयोजना गर्दा धेरै कमि कमजोरी भएकोले त्यसलाई सुधारेर लैजाने दर्शकलाई भरपुर मनोरञ्जन दिलाउने कार्यक्रम ब्यवस्थापक एवं सन्ध्या ग्रुपका प्रतिनिधि वीरेन्द्र याक्थुम्बाले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय