कामदार नपाएर उद्योग बन्द

तेह्रथुम – दैनिक सयौंको संख्यामा तेह्रथुमका युवा रोजगारीको खोजी गर्न राहदानी बनाउन जिल्ला प्रशासन जाने गर्दछन् । तर, तेह्रथुमका साना तथा ठूला उद्योग भने कामदार नपाएर बन्द हुने अवस्थामा पुगेका छन् । कामदार नपाएर बन्द हुने अवस्थामा पुगेका उद्योगमध्ये सदरमुकाम म्यांलुङमा सञ्चालित इँटा उद्योग पनि हुन् । म्यांलुङमा सात वर्षदेखि सञ्चालित एपोलो इँटा उद्योगमा २० जना कामदार छन् । तर, उद्योगलाई दुई सय कामदारको आवश्यकता छ । उद्योग सञ्चालक सञ्जयकुमार तुम्बाहाम्फे भन्छन्, ‘कामदार नपाएर उद्योगले माग अनुसारको इँटा दिन सकेको छैन । त्यस्तै म्यांलुङमै सञ्चालित गणेश इँटा उद्योगका सञ्चालक नैन सुब्बा पनि कामदार नपाएर भनेजति इँटा उत्पादन गर्न नसकेको बताउँछन् । सदरमुकाम म्यांलुङमा बर्सेनि २० देखि ५० वटा घर थपिन्छन् । ती घरलाई आवश्यक पर्ने इँटा स्थानीय उद्योगले उत्पादन गरेर दिन नसक्दा तराइका मोरङ, सुनसरीमा उत्पादित महँगो इँटा किनेर घर बनाउन म्यांलुङवासी बाध्य छन् । गोरखापत्र दैनिकबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय