मलेसियाका एक नेपाली युवाले गरे इजरायलमा बस्ने महिलालाई दुव्र्यवहार

इजरायल, मलेशियामा कार्यरत एक नेपाली युवाले इजरायलमा कार्यरत एक नेपाली महिलालाई फेसवुक च्याट मार्फत गाली गलौज गर्दै दुर्व्यवहार गरेका छन् ।

फेसवुकको प्रोफाइल हेर्दा र प्रोफाइलमा राखेका फोटोहरु हेर्दा मलेशियामा सेक्युरीटी गार्डको काम गर्ने व्यक्ति अनुमान गर्न सकिने महेश्वर खड्का (महेश्वर पुवार खड्का) नाम गरेका ति व्यक्तीले इजरायलको रखोवोतमा काम गर्दै आइरहेकी ३ सन्तानकी आमा एक नेपाली महिलालाई विना कारण गालीगलौज गर्दै लगातार मानसिक तनाव दिएका छन् ।

“म नियमित विहानको काम गर्दै थिएँ, कम्प्युटर खुलै थियो, एकछिन विश्राम गर्दै कम्प्युटरमा के हेरेको थिएँ एउटा अपरिचित व्यक्तिले च्याटमा हेलो लेखेको रहेछ, मैले त्यो म्यासेज नहेर्दै उसले ‘इजरायलको डलर त चाहिदैन त मलाई बोल्दा पनि भइहाल्छ नि’ भनेर लेखेको रहेछ । प्रतिउत्तरमा मैले हेलो तपाँई को हो ? किन बोल्नै पर्छ भन्ने पनि त छैन, फेरी नचिनेको मान्छेसँग किन बोल्नु र विना काममा, के तपाईले इजरायलमा काम गर्नेजति सबै विना काममा बोलिरहन्छन कि जस्तो लाग्यो र डलरको कुरा गर्नुहुन्छ ? होइन, इजरायलमा चाहिं डलर रुखमा फल्छ र ? मैले एकै लाइनमा जवाफ दिएँ” – ति महिलाले भनिन् ।

उनले भनिन् “त्यसपछि उसले नानाथरी गाली गलौजहरु गर्दै गयो जुन शव्दहरु म कसैलाई उच्चारण गरेर बताउन त सक्दिन नै त्यसमा पनि मेरो जिन्दगीमा म माथि यस्ता शव्दहरु कसैले पहिलो पटक प्रयोग गरेको थियो ।“

फेसवुक प्रोफाईलको आधारमा इटहरी स्थायी ठेगाना भएको र हाल मलोशियामा रहेको तथा श्री पिसजोन उच्च माध्यामिक वोडिङ स्कूल इटहरी १ सुनसरीमा सो व्यक्तिले अध्ययन गरेको देखिन्छ । फेसवुकमा पारिवारिक सदस्यमा दुर्गाचन्द्र पौडेलको नाम राखिएको छ । उक्त आईडीवाट इजरायलमा कार्यरत अन्य नेपाली महिलाहरूलाई पनि दुर्व्यावहार गर्ने गरेको भेटिएको नेपाल इजरायल डट नेटले लेखेको छ ।

उनले च्याटमा अत्यन्तै तल्लो स्तरका शव्दहरु प्रयोग गरेका छन् । नेपाली समाजमा अपाच्य त्यस्ता शव्दहरु तपाईलाई पढ्दा असहज लाग्न सक्छ । त्यस्तो असहजता महशुस गर्नुहुन्छ भनें च्याट नपढ्नु होला ।

हेर्नुहोस् च्याटमा ति युवाले लेखेका कुरा । महिलाको नाम र उनको च्याट हटाइएको छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: