मलेसियामा ९ जना नेपाली पक्राउ

गणेश आचार्य, मलेसिया- मलेसियाको व्यापारीक केन्द्र पिजेबाट ९ जना नेपाली श्रमीक पक्राउ परेका छन् । एलएलएच कन्ट्राक कम्पनीले काम नदिएर होस्टलमा राखेका नेपाली श्रमीकलार्इ यहाको प्रहरीले शनिवार पक्राउ गरेको हो । पक्राउ पर्नेमा अर्घाखाँचीका पूर्ण बिष्ट, कपिलबस्तुका यम प्रकाश गैरे र सालिक राम बन्जारी, सिन्धुलीका नरबहादुर मगर रहेका छन् ।

यसैगरी पक्राउ पर्नेमा धनुषाका नरेन्द्र मण्डल र उमा शंकर, सप्तरीका सुरज साह, दांगका रुप लाल माझि, तथा सिरहाका गोवार्दन साह रहेका छन् । उनीहरुलाइ शनिवार होस्टलमै आएका प्रहरीले पक्राउ गरेको उनका साथी सल्यानका विनोद डाँगीले जानकारी दिए ।

कन्ट्राक कम्पनीले काम दिएको छैन भने समयमा भिषा नविकरण नगर्दा ७० नेपाली श्रमिक अवौधानिक बन्न पुगेका छन् । नेपालको नुर अपरच्यूनिटी ओभरसिजबाट मलेसिया आएका उनीहरुलार्इ एउटा कम्पनीको काम भनेर अर्को काममा लगाइएको थियो ।

पिडीत मध्येका ओमकार यादवका अनुसार कम्पनीले काम दिन सकेको छैन भने नेपाल फर्काउने काम पनि गर्न नसक्दा श्रमीकहरु पिडीत भएका छन् । पिडीतहरुले उद्धार गरेर नेपाल फर्काइदिन माग गरेका छन् ।

समस्या सामाधानका लागि नुर ओभरसीजका प्रवन्धक तिलक रानाभाट मलेसिया आएपनि समस्या सामाधान नगरी नेपाल फर्किएको पिडीतहरुले वताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय