कुवेतमा वेश्याबृत्ति र लागु औषध कारोवारमा नेपाली महिला पक्राउ

कुवेत, कुवेत पुलिसले एक नेपाली महिलालाई लागु पदार्थ ओसार पसार गरेको अभियोगमा पक्राउ गरेको छ ।

नाम र ठेगाना नखुलाएकी ति नेपाली महिलालाई जिलेब अल शोयखको घरबाट १.५ किलो हेरोइनको साथमा पुलिसले पक्राउ गरेको हो ।

कुवेत पुलिसका अनुसार उनका पाट्नर बङ्लादेशी नागरिक भनें फरार भएका छन । उनी पुलिसले घरमा छापा मार्नु पहिला नै भाग्न सफल भएका थिए।

कुवेत पुलिसले नेपाली महिलालाई थप छानविनको लागि ड्रग अनुसन्धान विभागमा पठाएको छ भने बङ्लादेशी नागरिकको खोजी भईरहेको छ । उनीहरुले फर्वानिया एरियामा ड्रगको कारोबार गरेको पुलिसको भनाई छ ।

अर्को घटनामा शनिबार नवप्रतिभा युवा क्लवका सदस्यहरुले दुई जना नेपाली महिलालाई माहबुल्ला एरियाबाट उद्दार गरी हिजो नेपाली दुताबास कुवेतमा लगेर बुझाएक छन् ।

उनीहरुलाई एनआरएन कुवेतका अध्यक्षको रोहोबरमा दुताबासको जिम्मा लगाईएको छ । उनीहरु माहाबुल्लाको अज्ञात ठाउँमा बेश्यावृत्तिमा संलग्न रहेको खुलासा भएको छ । दुईजना महिला मध्ये एकजानले आफु खुसी यो धन्दामा लागेको बताएकी छिन भन्ने अर्कीले आफु बेचिएर त्यहाँ पुगेको बताएकखे नेपाली दुताबासकी श्रम सहचारी गोमा ढकालले जानकारी दिनुभयो ।

बङ्लादेशका केहि ब्याक्तिहरुले भूमिगत रुपमा सञ्चालन गरेको वेश्यालयबाट उनीहरुलाई नव प्रतिभा युवा क्लवका युवाहरुले उद्दार गरी निकालेको बताएका छन । कुवेतमा नेपाली महिलाहरु लागु औषध कारोवार र वेश्यावृतिमा प्रक्राउ परेको पहिलो घटना भने होईन ।

नेपाल कुवेत डटकमबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: