
भानु सुनुवार, कतार– किरातीहरुको महान चाड तथा राष्ट्रिय पर्व साकेला उधौली, चासोक तङनाम, रापवा श्याँदर पिदार–५०७४ लाई कतारका किराती तथा गैर किराती नेपालीहरुले मनाएका छन् ।
किरात समुदायले मंसिरे पूर्णिमा उँधौली विभिन्न कार्यक्रम गरी देश बिदेशमा धुमधामसाथ मनाउने प्रचलनलाई निरन्तरता दिन किरात राई यायोक्खा शाखा कतार, किरात याक्थुङ चुम्लुङ कतार र सुनुवार सेवा समाजको संयुक्त आयोजनामा वनभोज कार्यक्रम आयोजना गरेका हुन् ।
किराया शाखा कतारका अध्यक्ष तथा कार्यक्रम मूल कमिटीका संयोजक अमृत राईको सभापतित्व तथा नेपाल प्रबासी आदिबासी जनजाति महासंघ कतारका अध्यक्ष सियाराम चौधरीको प्रमुख आतित्थ्यमा कार्यक्रमको आयोजना गरीएको थियो ।
सुनुवार सेवा समाज शाखा कतारले भूमे ढोल नाच प्रस्तुत गरे । त्यसै गरी किरात राई यायोक्खा शाखा कतारले साकेला शिली र किरात याक्थुम चुम्लुङ कतारले च्याब्रुङ नाच प्रस्तुत गरे । किरातीहरुले सस्कारीक नाच प्रस्तुत गरीरहँदा गैर किराती स्वदेशी तथा विदेशीहरुले सिली टिपेको दृश्य हेर्न लाएकको थियो ।
प्रवासमा रहेर पनि आफ्नो भाषा, संस्कार र सस्कृतिको जर्गेना गर्नमा कुनै कसुर नराखेको सहभागिहरुले बताएका थिए । कार्यक्रमका कियाचुका अध्यक्ष तथा कार्यक्रम उपसंयोजक लोकेन्द्र तुम्रोकले कार्यक्रममा सहभागि सबैलाई स्वागत तथा आभार ब्यक्त गरे ।
यसरि सुरु भयो प्रकृति पुजा
किरात सभ्यताको सरूवात शिकारी पेसाबाट जीवन निवार्ह गर्ने अवस्थादेखिनै पूर्खा र पकृति पूजाको परम्परा सुरु भएर खेतीपती गर्न थालेपछि पनि प्रकृति तथा पूर्खा पूजालाई किरातहरुले निरन्तरता दिदै आए । पञ्चमहाभूत शक्तिलाई आत्मसात गर्दै आगो पुज्नु, पानी पुज्नु, बायु पुज्नु, भूमि ढोग्नु, आकाश ढोग्नु, जस्ता बोन आचारसंहिता पालना गर्दै प्रकृतिको सम्मान गर्दै आए । अझ खेतीगर्न थाले पश्चात् किरातहरूले उधौली र उभौली गरेर वर्षको २ पटक प्रकृति तथा पूर्खा पुजा गर्ने एक सुनिश्चित परम्पराको थालनी गरे ।
सुरुमा अन्नबाली लगाउने याममा तथा आफूले लगाएको अन्नबाली पाकपेछि भित्राउँदा, नयाँ अन्न पितृहरूलाई अपर्णगररे मात्र खाने परम्परा विकास गर्दै गए । यसरी मनाइने चाड किरात समुदायहरुमा गुराँश वा आरु फुलेको याम, जुनबेला चराहरु तथा खोलाका माछाहरु उत्तरतिर लाग्छन् लाई बाली लगाउने याम मानेर अन्नबाली सप्रियोस सहकाल होस भन्ने कामना गर्दै उभौली र पैयँ फुलेको याममा जुन समय चराहरु र खोलाका माछाहरु दक्षिणतिर लाग्छन, लाई अन्नबाली भित्राउने याम मानेर नयाँ अन्नबाली प्रकृति र पूर्खालाई चडाएर सुःख समृद्घिको कामना गर्दै उधौली पर्व मनाइन्छ ।
आदिम युगमा शिकारीका रुपमा परिचित किरातहरुमा शिकार नपाउदाका अवस्थामा कन्दमुल खान सिकेका र काँचो कन्दमुल खाँदा बिरामीपरी अन्नबाली लगाएर खेतीगर्न उत्प्रेरित भएको सम्वन्धमा किरात मुन्धुम/मुक्दुममा बिभिन्न मिथकहरु रहे भएको पाइन्छ ।