
मलेसिया, मलेसियाको जोहर राज्यको कुलाई रियल कम्पनिमा कार्यरत माक्पा ३ बेप्ला खोटाङ्गका खुशिमान राईको मृत्यु भएको दुई हप्ता वितिसक्दा समेत शवलाई नेपाल पठाउने प्रकृया अघि बढेको छैन । राईका साथिहरुका अनुसार कम्पनीले शव नेपाल पठाउने चासो अझै देखाएको छैन ।
उनको गत नोभेम्बर १८ तारिकका दिन बाथरुममा नुहाउन जाँदा चिप्लिएर घाईते भएका राईको मत्यु भएको थियो । मलेसियाको जोहोरबाहरुमा रहेको रिल कम्पनीमा कार्यरत उनलाई लडे लगत्तै साथीहरुले अस्पताल लाने क्रममा बाटोमा नै उनको मृत्यु भएको थियो ।
६ महिना अघिमात्र रोजगारीको शिलसिलामा मलेसिया आएका २१ बर्षिय राईको शवलाई पोष्मार्टम गरेर कम्पनीले कहिले नेपाल पठाउने भन्ने वारेमा कुनै जानकारी नदिंदा दुई हप्तासम्म शव अस्पतालमै रहेको मृतकका साथी मबिन राईले बताएका छन्। कार्वन ओभरर्सिस काठमाडौँबाट मलेसिया आएका मृतक राईको नेपालमा आमा, चार दिदी र एक दाजु रहेका छन् । दाजु हाल मलेसियामा नै कार्यरत छन।