साउदीबाट एक महिनामा १४ महिलाको उद्धार

रियाद, साउदी अरेबियाबाट कात्तिक महिनामा १४ जना घरेलु महिला कामदारको उद्धार गरी नेपाल पठाइएको छ । साउदी अरेबियामा रहेको नेपाली दुतावासका अनुसार रोजगारदाताले अप्ठ्यारोमा पारेका उनीहरुको उद्धार गरी नेपाल पठाइएको हो ।

यसैगरी साउदी अरेबियामा विभिन्न कारणले मृत्यु भएका २४ जना नेपालीको शव समेत कात्तिक महिनामा नेपाल पठाइएको छ ।

दुतावासका अनुसार एक महिना भित्रमा ३२ वटा श्रम विवाद सम्वन्धि मुद्धामा दुतावासले काम गरेको छ । यसैगरी विभिन्न २३ जनाको क्षतीपूर्ती वापतको रकम १ लाख ४५ हजार ५ सय ७२ साउदी रियाल(३७ लाख ८४ हजार ८ सय ७२) समेत नेपाल पठाइएको दुतावासले जनाएको छ ।

साउदी अरेबियामा यसबीचमा ११ हजार ८ सय ७ जनाको आवेदन संकलन गरी एमआरपी बनाउन नेपाल पठाइएको समेत दुतावासद्धारा जानकारी दिइएको छ । विभिन्न कारणले रोजगारदाताले पासपोर्ट कव्जामा राखेर फिर्ता नदिइएका तर नेपाल फर्किन चाहने २५ जनालाई दुतावासले ट्राभल डकुमेण्ट्स समेत बनाइदिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय