युएईमा एक नेपालीको मृत्यु

ऋषिराम पाठक, शारजाह – शारजाहको एक घरमा काम गर्दै आएका ५० वर्षिय दुर्गाप्रसाद तिम्सिनाको सुतेकै अवस्थामा मृत्यु भएको छ । उनको डिसेम्वर ६ तारिखका दिन मृत्यु भएको हो ।

पाल्पा, चापपानी २, बजादी जुकियाका तिम्सिना पाँच वर्षअघि रोजगारीका लागि युएई आएका थिए । शारजाहस्थित एक मार्बल कम्पनीमा मजदुरका रूपमा काम गर्न आएका उनी तलव थोरै तलब भएका कारण विगत केही समयअघिदेखि सो कम्पनी छोडेर एक घरमा काम गर्न पुगेका थिए । यसरी काम गर्न गएको कम्पनी छोडेर अवैधानिक रुपमा काम गर्नेलाई स्थानीय भाषामा खल्लीबल्ली भन्ने गरिन्छ ।

शारजाह प्रहरीले तिमिल्सिनाको शव अस्पतालमा लगेर अनुसन्धान गरिरहेको बताइएको छ । निजका चार छोरीमध्ये तीनको विवाह भएको र उक्त विवाहमा लागेको ऋण तिरिनसकेको उनका सहकर्मीहरूले बताएका छन् । द नेपाली भ्वाईसबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय