मलेसियामा गर्भपतनको अभियोगमा नेपाली महिलालाई जेल

काठमाडौं, मलेसियामा गर्भपतन गराएको अभियोगमा एक नेपाली युवतीलाई एक वर्षको जेल सजाय भएको छ । मलेसियाको पेनाङस्थित बुकिट मर्ताजम अदालतले नेपाली युवती २४ वर्षीया निर्मला थापालाई गर्भपतनको अभियोगमा सजाय गरेको हो ।

मलेसियामा यसरी जेल पर्ने निर्मला पहिलो महिला भएको द मलेसियन इन्साइडरको अनलाइनले जनाएको छ । ६ हप्ताकी गर्भवती निर्मलाले पेनाङस्थित एक क्लिनिकमा गएर गत अक्टोबर ९ तारिखमा गर्भपतन गराएको अनलाइनको खवरमा लेखिएको छ ।

मलेसियाको स्वास्थ्य मन्त्रालयका अधिकारी त्यही बेला निरीक्षणका लागि सो क्लिनिकमा पुगेपछि निर्मला पक्राउ परेकी थिइन् । पेनाङस्थित एक कारखानामा काम गर्दै आएकी निर्मलाविरुद्ध अवैध रुपमा गर्भपतन गराएको अभियोगमा अक्टोवर १३ मा अदालतमा मुद्दा दायर गरिएको थियो ।

अदालतले गर्भपतनमा उनलाई दोषी ठहर गरेको हो । महिला अधिकार तथा स्वास्थ्य क्षेत्रमा वकालत गर्दै आएका स्थानीय संस्था तथा प्रवासी मजदुरले भने निर्मलालाई दिइएको सजायको विरोध गरेका छन् । प्रजनन् अधिकारबारे वकालत गर्ने संस्था रिप्रोडक्टिभ राइट एड्भोकेसी एलाइन्स मलेसिया (आरआरएएएम) का डा. चुङ सिम पोयले निर्मलामाथि भएको सजायलाई असामान्य भनेका छन् ।

उनले गर्भपतन गराउनुपर्ने बाध्यतामा रहेकी निर्मलालाई अन्य अपराधीको जस्तै व्यवहार गरिनु उचित नभएको पनि बताए । निर्मलासँग अदालतमा कुनै वकिल नभएको र भाषा अनुवादक पनि नभएको डा. चुङले बताए । निर्मलालाई केदाहको जेलमा राखिएको छ ।

मलेसियामा आमाको स्वास्थ्य जोखिममा परेमा भने सरकारी अधिकारीबाट अनुमति लिएर गर्भपतन गराउन पाउने अधिकार छ । नभए मलेसियामा गर्भपतन गराउन पाइँदैन ।

चक्रपथ डटकमबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय