कुवेतमा एक नेपाली महिलालाई यातना, भाग्दा हात र दाँत भाँचियो

कुवेत, नवलपरासीकी राधिका नेपाली सार्की कठोर शारिरीक श्रम गर्न नसकि घरबाट हाम्फालेर भागेकी छिन् । भाग्ने क्रममा उनको देव्रे हात र केहि दाँत भाँच्चिएका छन् । माथिल्लो तल्लाबाट हाम्फाल्दा घाइते भएकी राधिकालाई अस्पताल भर्ना गरिएको छ । राधिकाका अनुसार उनले कुवेती नागरिकको सो घरमा बिहान ६ बजेदेखि राती १ बजेसम्म लगातार काम गर्नुपर्दथ्यो । त्यसरी नै उनले ९ महिना सो घरमा काम गरेको बताएकी छिन् ।

कडा श्रम गर्नुपरे पनि उनले नियमित तलव भनें नपाएको राधिकाले बताइन् । उनका अनुसार एकपटक झगडा गरेर उनले ६ महिनाको तलव लिएकी थिइन् । आफुले काम गर्न मन नभएको बताएपनि जवर्जस्ती आफुलाई काममा लगाइएको उनको भनाइ छ । राधिकाका अनुसार उनलाई घरबाहिर निस्कने अनुमति दिइएको थिएन ।

उनले आफूले काम गर्न नसक्ने भन्दै कुवेतमा रहेका उनलाई काममा पठाउने एजेण्ट चुडाराज भट्टराईलाई भन्दा उल्टै कुट्ने धम्की दिने गरेको बताइन् । ‘लौ तैंले काम गर्न सकिनस् अव तलाई दुईटै गालै गालामा कुटाइ खान्छेस्’ चुडाराजले भनेको कुरा सम्झँदै राधिकाले भनिन् ‘अव कि त मलाई चुडाराजले नेपाल फर्काउनु पर्छ वा दुतावासले फर्काइदियोस् ।’

अस्पतालमा भर्ना गरिएकी उनलाई हेर्न एजेण्ट र दुतावासबाट कोहि नगएको उनले बताएकी छिन् । आफूले घरेलु काम गर्न नसकेको भन्दै उनले दैनिक १९ घण्टा काम गर्न कसैले पनि नसक्ने बताइन् ।

ज्यान बचाउने अरु कुनै उपाय नदेखेपछि झ्यालबाट हाम्फाल्नुको बिकल्प नभएको उनले बताएकी छिन् । ‘कुवेती घरमालिकलाई पनि मलाई एजेण्टको अफिस लगिदे भन्दा कुट्थ्यो, त्यसैले घरको झ्यालसम्म गएको थाहा छ, त्यसपछि के भयो मलाई थाहा छैन’ राधिकाले भनिन् ।

अस्पताल भर्ना गरिएकी राधिकाकको ओठ सिलाइएको छ, देब्रे हात भाँच्चिएको छ भनें दाँतहरु हल्लिएका छन् । उनी नेपालको विमानस्थल भएर नै एक बर्ष अघि कुवेत गएकी थिइन् । उनलाई नेपालबाट मिनबहादुर तामाङले पठाएका थिए ।

यो पनि पढ्नुहोस्

https://deshparadesh.com/house-maid-in-gulf/

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय