जुन भिडियो ४८ घण्टा भित्रै ४८ लाख पटक हेरियो

काठमाडौं, युएईको अबुधाविमा एक अमेरिकी महिलाको हत्यामा शंकास्पद हत्यारा भन्दै प्रहरीले सार्वजनिक गरेको भिडियो ४८ घण्टा भित्रै ४८ लाख पटक हेरिएको छ । गत सोमवार अबुधावीको एक सपिंग मलमा इबोल्या रायन नामकी ति अमेरिकी महिलाको बाथरुम भित्र हत्या भएको थियो । उनलाई स्थानीय एक महिलाले नै हत्या गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ । रायन शिक्षिका थिइन् । बुर्का लगाएर तथा गाडीको नम्वर प्लेट समेत युएईको झण्डाले छोपेर आएकी ति महिलाको पहिचान गर्न गाह्रो परेपछि प्रहरीले सिसिटीभीद्धारा खिचिएको फुटेज सार्वजनिक गरेको थियो । झण्डै अढाई मिनेट लामो सो भिडियो युट्युवमा ४८ लाख भन्दा धेरै पटक हेरिएको हो । भिडियो हेर्नुहोस् https://www.youtube.com/watch?v=iSefyJ0U04E

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय