कतारमा भोजपुरेको नयाँ कार्यसमिति

कतार, भोजपुर सेवा समाज कतारको बृहत भेलाले जयकुमार राईको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति निर्विरोध रुपमा चयन गरेको छ । निर्वाचिन समितिमा उपाध्यक्ष गोपाल बस्नेत, सचिव रमेश कार्की, कोषाध्यक्ष दिलिप पराजुली र सदस्यहरुमा गणेश भुजेल, गजेन्द्र बहादुर कार्की र युवराज कार्की रहेका छन् ।

बृहत भेलामा संस्थाको आयव्यय र प्रगति विवरण समेत प्रस्तुत गरिएको थियो । निर्वाचित समितिका सदस्यहरुलाई अध्यक्षता गरिरहेका संस्थाका संस्थापक संयोजक खगेन्द्र कार्कीले शपथ खुवाएका थिए । ९ अगष्ट १०१३ का दिन जैदा पार्कमा गठन गरिएको तदर्थ समितिलाई यो तहसम्म पु¥याउन साथ र सहयोग गर्नुहुने संस्थाका पदाधिकारी, सदस्यहरु, विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई निवर्तमान समितिको संयोजकको हैसियतले कार्कीले धन्यवाद दिएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय