अनिश खालिङ राईका लागि उठेको रकम अव के हुने ?

काठमाडौं, दुवईमा मृत्युदण्डको सजाय सुनाइएका अनिस खालिङ राईको जीवन रक्षाका लागि संसारभरबाट उठाइएको रकम अव के गर्ने भन्ने बारेमा अहिले छलफल भइरहेको छ । दुवईको अवुधावी अदालतले माग गरेको ब्लडमनी वापतको ३ लाख ५ हजार दिराम(करिव ८६ लाख रुपैंयाँ) अरु नै कसैले तिरिसकेको भन्दै नेपालबाट पठाइएको रकम फिर्ता भएको अघिल्लो हप्ता सार्वजनिक भएको थियो । अनिस खालिङ राई बचाउँ अभियान समिति, काठमाडौंले गत साउन २९ गते पठाएको ३ लाख ५ हजार दिराम फिर्ता भएको थियो ।

अनिशलाई मृत्युदण्डको फैसला गर्दै मृत्युदण्डबाट बचाउन व्लड मनि मागिएपछि अनिस खालिङ राई बचाउँ अभियान सञ्चालन भएको थियो । त्यसपछि संसारभरीबाट गरी ३ करोड २७ लाख रुपैंयाँ संकलन भएको थियो । सो मध्ये यूएई पठाएको बाहेकको रकम हाल ग्लोवल आइएमई बैंकमा अभियानका संयोजक नारदकुमार राई र अनिशकी श्रीमति रविता राईको संयुक्त खातामा राखिएको छ ।

अव सो रकम के कुरामा खर्च गर्ने भन्ने बारेमा प्रश्न उठिरहेको हुनाले त्यसका बारेमा जानकारी दिन शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरिएको अभियानका सञ्चार संयोजक प्रकाश खालिङले जानकारी दिए । उनका अनुसार बाँकी रकमबाट सहयोगदाताको नामावली सहितको पुस्तक प्रकाशन गर्ने र बाँकी रकम अनिश जस्तै विदेशमा समस्यामा परेकाहरुको उद्धारमा उपलव्ध गराउने तयारी छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय