कतारमा कोमल र मिङमाले नेपालीलाई मनोरञ्जन गराउँदै

कतार, एनआरएनए एनसीसी कतारको समन्वयमा आयोजना गरिएको बृहत सांगितिक कार्यक्रम तथा फुटबल प्रतियोगितामा सहभागी हुन चर्चित गायिका कोमल ओली तथा चर्चित गायक मिङमा शेर्पा कतार आइपुगेका छन् । उनीहरुले मंसिर १९ गते शुक्रवार दोहामा हुने कार्यक्रममा आफ्ना चर्चित गीत गाएर नेपालीलाई मनोरञ्जन गराउने छन् ।

सोही अवशरमा एनआरएन कफ २०१४ बाट छनौट भएको नेपाली तथा इण्डियन कम्यूनिटि टिमबीच मैत्रीपूर्ण खेल समेत हुनेछ । यसैगरी कतार स्टार लिग अन्तर्गतको अल अरबी तथा अल सैलिया क्लब बिचको फुटबल खेल पनि हुने आयोजकले बताएका छन् ।

सो कार्यक्रम तथा फटवल प्रतिस्पर्धा हेर्न निःशुल्क व्यवस्था गरिएको छ । कार्यक्रममा दर्शकलाई आकर्षित गर्न निःशुल्क यातायात तथा भाग्यसाली कुपन मार्फत ३० जनालाई दोहा काठमाडौको टिकटहरु तथा अन्य थुप्रै आकर्षक पुरस्कारहरुको समेत व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय