
यूएई, यूएईको आबुधाबीको एक शपिंग मलमा एकजना अमेरिकी महिलाको हत्या भएको छ । घटना आबुधाबी स्थित रिम आइल्याण्डको बुटिक मल भित्र भएको हो ।
प्रत्यक्षदर्शीका अनुसार हत्याराले बुर्का लगाएका कारण हत्याराको पहिचान हुन सकेको छैन । प्रहरीले हालसम्म आक्रमणकारी महिला वा पुरुष को थियो भन्ने समेत यकिन गर्न सकेको छैन । थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ । घटना गत सोमबार दिउँसो भएको थियो ।
धारिलो हतियार प्रहार गरी उनको हत्या भएको प्रहरीले बताएको छ । घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएको हतियार पनि बरामद गरेको छ । अपराध अनुसन्धान ब्युरो प्रमुख कर्नेल रसिद मोहमद बोर्सिदका अनुसार मृतक ३७ बर्षिया अमेरिकी महिला एक स्कुलमा शिक्षिकाको रुपमा काम गर्थिन । सोमबार दिउसो मलको महिला शौचालयमा आक्रमण भएपछी गम्भीर हालतमा उनलाई सेख खालिफा अस्पताल लगिए पनि उनि बाच्न सकिनन् ।
मृतकका ११ बर्षिय २ जना जुम्ल्याहा सन्तानलाई सामुदायिक प्रहरीले आफ्नो रेखदेखमा राखेको छ । उनीहरुको पिता यूएई नआइपुगुन्जेलसम्मका लागि प्रहरीले उनीहरुको जिम्मा लिएको हो । बच्चाका बाबु आइपुगेपछि बच्चाहरु बाबुलाई बुझाइने प्रहरीले बताएको छ । मृतक महिला र उनका पतिबीच सम्बन्ध बिच्छेद भएको थियो ।
अनुसन्धानका क्रममा उक्त मलमा जडित सिसि टिभीमा एकजना बुर्का लगाएको व्यक्ति बुटिक मलमा आएको र सोही प्रकृतिको शारीरिक बनावटको व्यक्ति लगभग १ घण्टा पछी फर्किएको तस्विर फेला परे पनि घटनाको रहस्य अझै पत्ता नलागेको र अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
यसैबीच यूएईमा रहेको अमेरिकी दुतावासले बुधवार आफ्नो वेबसाइटमा एक सन्देश प्रकाशित गर्दै यहाँ रहेका आफ्ना नागरिकलाई ठूलो भिडभाड हुने ठाउँमा र अपरिचितहरुसंग घुमघाम तथा अज्ञात व्यक्तिहरुसंगको सम्पर्कबाट टाढा रहन सुझाव दिएको छ ।
खालिज टाइम्सबाट
भिडियो हेर्न क्लीक गर्नुहोस्:
https://deshparadesh.com/uae-suspected-killer-video/